धरान । दुवईमा सोमबार बिहान भएको सडक दुर्घटनामा ६ नेपालीसहित ८ जना विदेशी नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ नेपाली छन् भने एक भारतीय र एक पाकिस्तानी नागरिक रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेहरुको पहिचान खुलाइएको छैन । दुवईको खालिज टाइम्सका अनुसार घटना सार्जह शहर पुग्नु अघि शेख मोहम्मद विन जायद रोडमा सोमबार बिहान ४ बजेर ५४ मिनेटमा दुर्घटना भएको छ ।

मालबाहक लामो ट्रक (लरी) लाई मिनीबसबीच ठक्कर दिएको थियो । दुर्घटनामा २ जना गम्भीर घाइते हुन पुगेका थिए भने ४ जना सामान्य घाइते भएको दुबई प्रहरीले जानकारी दिएको खालिज टाइम्सले उल्लेख गरेको छ । १४ सिट क्षमताको मिनीबसमा कम्पनीको काममा जाँदै गरेको अवस्थामा दुर्घटना हुन पुगेको हो । घाइतेहरुको राशीद अस्पतालमा उपचार भइरहेको छ ।

https://twitter.com/DubaiPoliceHQ/status/1178582734798819328