प्रदेश नं २ मा पाँच लाख पर्यटक भित्र्याउने

alt
  • आश्विन १६, २०७६
  • १७८ पटक पढिएको
  • रासस

जनकपुर / भ्रमण वर्ष सन् २०२० मा प्रदेश नं २ ले पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालेको छ ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरुलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको छ ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यो प्रदेशमा पर्यटकीय क्षेत्रहरु धेरै रहेपनि एकीकृत दस्तावेज नहुँदा त्यसबारे सबैलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको भ्रमण वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झाले जानकारी दिए ।

प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र छन्, तर वास्तविक सङ्ख्या एकिन नहुदा पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रहरुसमेत ओझेलमा परेको संयोजक झाले बताए । पर्यटकलाई आकर्षित गर्न कुन–कुन पर्यटकीय क्षेत्र तथा धार्मिकस्थलहरु उपयुक्त हुन्छ र त्यस्ता पर्यटकीय क्षेत्रहरु कतिको सङ्ख्यामा छन् भन्ने कुराहरु पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेको उनको भनाइर् छ । यसरी तयार गरिने एकीकृत दस्तावेज प्रदेश नं। २ का ८ वटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने छ ।

यस्तै भ्रमण वर्षलाई दृष्टिगत गरी प्रदेश नं २ का आठै जिल्लाको शहरमा सरसफाइ अभियान सञ्चालन गरिने छ । महोत्तरीबाट शुरु गरिएको सरसफाइ अभियान प्रदेश नं २ को सबै जिल्लाका प्रमुख शहरमा लैजाने र त्यसका लागि सरकारकारवालाहरुसँग अन्तरक्रिया गरिरहेको संयोजक झाले बताए ।

सरकारले कार्यविधि र बजेट उपलब्ध नगराउँदा भ्रमण वर्षको तयारीमा केही कठिनाइ भइरहे पनि भ्रमण वर्षलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा कार्यक्रम अघि बढाएको संयोजक झाको भनाइ छ ।

आमा ! यिनले अब कहिल् ...

  काठमाडाैं /  प्रसव पिडामा छटपटिएर सड ...

विर्तामोडमा यात्रु ब ...

बिर्तामोड । झापाको विर्तामोडमा शनिबार बिहान यात्रु बस द ...

चेत बहादुर केशी अपाङ ...

धरान सुनसरी / जन्मजात नै शारिरिक अपाङ्ग भएका दाङ्ग तुलस ...

फिटनेशमा ध्यान दिने ...

ब्लाष्टखबर । बलिउड अभिनेत्री प्रियङ्का चोपडा आफ्नो सौन् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved