धरान / होटलका कर्मचारी र प्रहरीमाथि आक्रमणको आरोपमा धरानका श्री सुब्बालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान १५ बगरकोटस्थित भिन्टेज लाउञ्ज एण्ड बारबाट प्रहरीले सुब्बालाई आज मध्य राती नियन्त्रणमा लिएको हो ।

राती साढे ११ बजेसम्म पनि बारबाट निस्कन नमाने पछि बारका बाउन्सर, सेक्युरिटी गार्डले निस्कन आग्ह गर्दा उत्टै धम्काएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरीमाथि पनि उनले अभद्र व्यवहार गरेका कारण नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनीसँगै प्रहरीले अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ । अन्य पक्राउ पर्नेमा धरान–१७ का मिलन राई, धरान–८ का टाइसन लिम्बु, धरान–२ का राकेश दर्नाल रहेका छन् । उनीहरु सबै अभद्र व्यवहार अन्तर्गत मुद्वा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले राती ११ बजे पछि बगरकोटका होटलहरु बन्द गर्ने समयसिमा तोकेको छ । उनीहरु राजनीतिक संरक्षणमा पटक पटक यस्ता दुव्यवहारलगायतका मुद्वामा पक्राउ पदैं आएका व्यक्ति हुन । उनी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका यसवा संगठनका नेता हुन ।
२०६० सालमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर ६ बर्ष जेल सजाय भुक्तान गरेका थिए । गत ०७५ भदौ २२ गते अभद्र व्यवहार मुद्दामा १० हजार धरौटीमा छुटेका थिए । ०७५ फागुन १९ मा पनि सवारी अंगभंग मुद्दामा पक्राउ परेर १ लाख धरौटीमा छुटेका व्यक्ति हुन । उनल ेबगरकोटै रक्सी सेवन गरि गाडी चलाई वाइकलाई ठक्कर दिएका थिए ।