मधुमल्ला/ पाँचथर, इलाम र मोरङ हुदै बग्ने बहुचर्चीत बक्राहा नदिको समस्या दिगो सामधानका लागि प्रारम्भीक स्थलगत अवलोकन गरिएको छ ।

हरेक बर्ष दक्षिणी इलामको चुलाचुलीको केही भाग र मोरङ जिल्लको मिक्लाजुङ, उलाबारी, पथरी सनिश्चरे, रतुवा भाई र शुनबर्षी नगरपालिकाका स्थानीय बासीहरुलाई तहस नहस पार्दै आएको बहुचर्चीत बक्राहा खोलाको दिर्घकाललिन समस्या समाधनका उपायहरु के–के हुन सक्छन भन्ने उदेश्यले प्रारम्भीक स्थलगत अवलोकन गरिएको जलस्रोत अनुसन्धान विकाश केन्द्र काठमाण्डौका कार्यकारी निर्देशक शिव कुमार बस्नेतले बताए ।

जलस्रोत अनुसन्धान विकाश केन्द्र काठमाण्डौका कार्यकारी निर्देशक शिव कुमार बस्ने , मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा, नेपाल कम्यसनिष्ट पाटि मिक्लाजुङ अध्यक्ष नरेन्द्र प्रसाद ढुङ्गेल, नेकपा सचिब दिेश पौडेल, नेपाली कांग्रेस मिक्लाजुङ सभापती सेमन्त राज दाहाल, स्थानीय समाजसेवी डिल्ली प्रसाद खतिवडा स्थानीय समाजसेवी र बुद्धीजिवीहरु सहितको टोलीले असोज १६ गते बक्राहा खोलाको दिर्घकालिन समस्या सामधानकाका लागि स्थलगत निरीक्षण गरेको हो ।

नेपालमा बक्राहा खोला जस्ता समस्या ल्याउने खोलाहरु धेरैवटा रहेको र जलस्रोत अनुसन्धान विकाश केन्द्र काठमाण्डौले दिर्घकालिन समस्या सामधानका लागि बक्राहा खोला बाट यसकै बैज्ञानीक तवरले दिर्घकालीन समस्या सामधानका उपायहरुको थालनी गर्ने लक्ष्य राखीएको जलस्रोत अनुसन्धान विकास केन्द्र काठमाण्डौका कार्यकारी निर्देशक शिव कुमार बस्नेतले बताए ।

बर्सै बिच्छे हजारौं विघा खेती योग्य जमिन र सयौं घर परिवारको बिचल्ली पार्दै आएको बक्राहा खोलको दिगो तटबन्धनको आवस्यकता रहको र यसलाई कसरी बैज्ञानीक र व्यवहारीक रुपमा ल्याउन सकिन्छ भन्ने उदेश्यले प्रारम्भीक अवलोकन गरिएको जलस्रोत अनुसन्धान केन्द्रका इन्जिनीयर असोक राज गौतमले बताए ।

बक्राहा खोलाको बेग मिक्लाजुङ क्षेत्रमा अत्यधीक बढी हुने र यसलाई तटबन्धन बाट पनी नियन्त्रण गर्न कठिन हुने भएकाले बैज्ञानीक तवरले बैकल्पीक उपायहरु अपनाउनु पर्ने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।

आचर्यले भने उत्तरी क्षेत्रमा पानीको बेग उच्च छ । साथै पहाड बाट बगेर आउने लेदो माटो र ढुङगाले खोलाको सतह बर्षै पिच्छे बढदै गएको र उत्खनन् गर्दा पनी मिक्लाजुङका केही वडाहरुमा सिचाईका मुहानहरु बन्द हुने अवस्था रहेकाले यसलाई बैज्ञानीक तवरले बैकल्पीक उपायहरु अपनाउनु पने आचर्य बताउँछन ।

बक्राहा खोलाको समस्या पुर्वी मोरङ स्थानीय तहरुको साझा समस्या भएको र यसलाई अनुसन्धानात्मक तवरले दिगो व्यवस्थापन गर्नु पर्ने मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा (कुसल)ले बताए ।

स्थलगत निरक्षण्मा जलस्रोत अनुसन्धान केन्द्रका इन्जिनीयरहरु असोक राज गौतम दिनेश पराजुलीले स्थानीय सरोकार वालहरुको सुझाव र प्रविधीक उपायहरुको बारेमा सम्बन्धीत ठाउँमा यस बिषयमा गहन छलफलका लागि प्रतुत गर्ने इन्जिनीयर हरुले बताए ।