भोजपुर/ जिल्लाको हतुवागढी गाउँपालिका ५ होम्ताङमा टेम्पो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको ।

बुधबार दिउँसो १ बजे भएको दुर्घटनामा हतुवागढी गाउपालिका ४ खैराङ बस्ने मिलन राईकी ८ वर्षीया छोरी गुराँसको मृत्यु भएको हो ।

गाँउपालिका केन्द्र घोरेटार बाट होम्ताङ जाँदै गरेको को २ ह ७६८६ को टेम्पो पल्टिँदा घाइते भएकी बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक नर बहादुर सलामी मगरले बताए ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा हतुवागढी गाउँपालिकाकाकै ४ वर्षीया रितु राई, २१ वर्षीया रिका राई, १२ बर्षिय अनिम राई र टेम्पो चालक विजय राई रहेका छन । घाइते ४ जनाकै प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।