धनकुटा/ तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं.१ डोप्कीलेबाट ६ बर्षिया बालिकालाई ललाई फकाई लैजान खोज्ने एक भारतीय नागरिकलाई स्थानियले मंगलबार नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका छन ।

भारतको पश्चिम वंगाल राज्यको दार्जिलिङ जिल्लाको पानीट्याङकी कोलाबारी घर भएका २८ बर्षिय बिश्वनाथ मण्डललाई स्थानीयले बालिका रुवाउदै लाँदै गरेको देखे पछि नियन्त्रणमा लिएर प्रहरी समक्ष वुझाएका हुन । मण्डललाई बालिका रुदै रुदै हिडेको देखेपछि वसन्तपुर नजिकैको डाँडाखर्कका स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरेका थिए ।

भारतीय नागरिक मण्डलले बालिकाको अभिभावकलाई थाहै नदिई सडकमा खेलिरहेको मौका पारी डोप्किले खोप घर भएकी एलीना गुरुङकी ६ बर्षिया छोरी रोषनी गुरुङलाई फकाएर लैजादै गर्दा स्थानियलाई शंका लागे पछि उनी पक्राउ परेको थिए । लालीगुराँस नगरपालिका वडा नं.१ डोप्कीले क्षेत्रबाट बालिका लिएर आएका मण्डललाई डाँडाखर्कमा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयबासी समेत रहेका लालीगुराँस नगरपालिका वडा नम्बर १ का वडा सदस्य महेन्द्र गुरुङले जानकारी दिएका छन् ।

मण्डल विगत तिन बर्ष देखी तेह्रथुमको बसन्तपुर बजारमा वसेर मिस्त्री काम गर्दै आएको खुलेको छ । मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालीएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक आशाराम चौधरीले बताए । मण्डलले चोरी गर्ने उदेश्यले नै बालिकालाई लिएर जांदै गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मण्डलले भने बालिकालाई आफ्नै घरमा लगेर पाल्ने भनेर लान लागेको प्रहरी समक्ष वयानमा बताएका छन् । तर बालिकाको अभिभावकलाइ्र्र थाहा नै दिई सडकमा खेलिरहेको वच्चालाई चक्लेट दिएर फकाएर लानुले मण्डललाई मानव वेचविखन तथा ओसार पोसार ऐन अन्तर्गत कार्वाही हुने ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक आशाराम चौधरीले बताएका छन् । घट्नाको विषयमा थप अनुशन्धान भैरहेको छ ।