दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

alt
  • आश्विन २३, २०७६
  • १६७ पटक पढिएको
  • रासस

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा ३६ वर्षीय सुरज धिताल र नौ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा मृत्यु हुने श्रीमती हुन् भने घाइते सुरज मृतकका श्रीमान् र अर्पण छोरा हुन् ।

दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको हो । उनको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो ।

दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

आजको राशिफल, आश्विन

श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल

धरानमा पेस्तोलसहित भ

धरान । धरान प्रहरीले एक युवासहित पेस्तोल र भारी परिमाणम

२ लाख नदिदा नेपाली च

विराटनगर /  तिलक स्वरूप २ लाख रुपैयाँ नदिएको विषयल

यसरी बिदाइ गरियो चिन

काठमाडौं  / दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आए


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved