यी हुन् 'अमेरिकी इतिहासमा सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति'

alt
  • आश्विन २५, २०७६
  • २७१ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ पछिल्लो चार दशकमा ९३ जनाको हत्या गरेको कबुल गरेका एक बन्दीलाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति भएको पुष्टि गरेको छ।

प्रहरीले स्यामुएल लीटललाई सन् १९७० देखि २००५ सम्म भएका ५० वटा फरक घटनामा जोडेको छ। उनासी वर्षीय लीटल सन् २०१२ देखि तीनजना महिलाको हत्या अभियोगमा जेल सजाय भोगिरहेका छन्।

लीटलले कमजोर व्यक्ति, कालो वर्णका महिला, लागुऔषध प्रयोगकर्ता र यौनकर्मीहरूलाई निशानामा पार्ने गरेको अधिकारीहरूले बताएका छन्। पूर्वबक्सर समेत रहेका लीटलले पहिले मुक्का प्रहार गर्ने र त्यसपछि घाँटी थिचेर हत्या गर्ने गरेको बताइएको छ।

उनले गरेकामध्ये केही हत्याहरू दुर्घटना वा लागुऔषधको अत्यधिक प्रयोगका कारण भएको अनुमान लगाउँदै एफबीआईले अनुसन्धान नगरेको बताइएको छ।

एफबीआईका अनुसार कतिपय मृत शरीर हालसम्म फेला परेका छैनन्। उनले कबुल गरेका बाँकी ४३ घटना पुष्टि गरिँदै छ।हालसालै विभिन्न स्थानमा गरिएका हत्याका पाँचवटा घटनाबारे थप विवरण अधिकारीहरूले सार्वजनिक गरेका छन्। मृत्यु भएकाहरूको पहिचान गर्नका लागि विवरण सार्वजनिक गरिएको बताइएको छ।

यसअघि लीटलले आफूले हत्या गरेकाहरूको तस्बिर कोरेका थिए जसलाई अधिकारीहरूले पीडितहरूको पहिचान गर्नका लागि सार्वजनिक गरेका छन्। लीटलले मृत्यु भएकाहरूको वर्णन गरेको एउटा भिडिओ पनि सार्वजनिक गरिएको छ ।

man

तेश्रो मेयर कप फुटबल ...

भोजपुर / जिल्ला सदरमुकाममा तेस्रो भोजपुर मेयर कप पुरुष ...

सिरियाली सङ्कटमा साम ...

ऐतिहासिक पृष्ठभूमि सन् १९१८ तिर अटोमन साम्राज्यको पतन भ ...

को को हुनुहुन्छ सावि ...

आफ्ना साथीसङ्गीसँग हातमा स्मार्टफोन बोकेर सेल्फी खिच्ने ...

राष्ट्रिय दलित पत्रक ...

धरान/ राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved