ब्लाष्टखबर। दुईदिने नेपाल भ्रमणकालागी आज चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन्  । भारकाे अनैपचारीक भ्रमण सकेर  भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । 

उनि विमानस्थलबाट सिधै होटल सोल्टीमा जानेछन्, उनकाे आजै राष्ट्रपति भण्डारीसँग भेट्ने कार्यक्रम रहेकाे छ । सीकाे स्वागतकालागी राष्ट्रपति विद्यादेवी भण्डारी  विमानस्थल तर्फ प्रस्थान गरेकी छिन्। सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसमेत विमानस्थल पुगेका छन् ।