श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन २६ गते आइतबार, १३ अक्टोबर २०१९ । आश्विन शुक्लपक्षको पूर्णिमा तिथि २३ः५८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरभाद्रपदा ०६ः११, उप्रान्त रेवती । चन्द्रमाराशि मीन, सूर्योदय ६ः०३ र सूर्यास्त ५ः३६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । भाग्यले विभिन्न अवसर जुटाउनेछ । मनमा हर्ष, उम· र उत्साह छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम, नाम र प्रतिष्ठा कमाउने बेला आएको छ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त भइरहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पँइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । रोकिएका कामकाज सुचारु हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद होला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभाव बढ्नेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । रमाइलोमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।