bubisha

 

 

 

 

 

 

हिन्दूहरूले पूजा गर्ने
भगवान एउटा राम हुन्
संसारको सर्वश्रेष्ठ मान्छे
केवल एउटी आमा हुन् ।

नौ महिना दुःखमा बसिन्
गर्भमा आफ्नो राखेर
सहन नसकिने पीडा सहिन्
प्राण आफ्नो मानेर ।

कस्तो रहेछ संसार भन्ने
यी आमाले देखाइन्
खुशीको यो हो दिन भनेर
भोज भतेर गराइन् ।
हात मेरो समाएर
विस्तारै हिड्न सिकाइन्
आमाले त पहिलो शब्द
आमा भन्न सिकाइन्।

नाकबाट निस्कने सिँगान
आफ्नै हातले पुच्छिन्
मलाई केही भएमा
आमा आफैं रुन्छिन् ।

मेरी छोरी म जस्तै ज्ञानी
भनेर आमा हाँस्थिन्
मेरी छोरी परि जस्तै सुन्दरी
भनेर आमा गीत गाउँथिन् ।
स्कुल जाने बेलामा
स्कुल पनि पठाउँथिन्
गृहकार्य पूरा नगरेमा
आमा मलाई कराउँथिन् ।

आफू नखाए पनि
मेरो पेट भर्थिन्
दुःख कसैलाई नभनी
आमा आफैं सहन्थिन् ।

गल्ती गर्दा समाएर
राम्रो कुरा सिकाइन्
असल बाटोमा हिंडाएर
ठूलो मान्छे बनाइन् ।
आमा तिमी मायालु
विश्वमा तिम्रो नाम छ
आमा त आमा नै हुन्
आमा हजुरलाई सलाम छ ।

ज्ञानोदय सेकेण्डरी इ.बो स्कुल
धरान १८, कक्षा ९