भद्रपुर । भुटानी शरणार्थी शिविरमा आगलागी हुदाँ ९ घर जलेर नष्ट भएका छन् भने अन्दाजी २९ लाख रुपैया बराबरको क्षति भएको छ । झापाको दमक ३ स्थित वेलडाँगी शिविरमा आइतबार बिहान १० बजे लागेको आगलागीका कारण क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सेक्टर नम्बर डि १ का भिमबहादुर राइको टिनको छानो र वाँसको टाटीबेरा गरिएको घरबाट फैलिएको आगो  दमक,गौरादह, स्थानीयबासी,प्रहरी ,प्रशासनको सहयोगमा सवाँघण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

सामान झिक्नेक्रममा आगलागीमा परी राइकी आमा ५५ वर्षिया फुलमाया घाइते भइ स्थानीय मेडिकलमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । आगलागीका कारण राइको घरमा रहेको भारतीय नगद ९० हजार ,नेपाली ४० हजार र अन्य सामान गरी ६ लाख, नरबीर राइको अढाइ लाख,सरिता तामाङ्को ३ लाख,गणेशबहादुर कार्कीको तीनलाख,अम्बीकामाया कार्कीको ४ लाख,नरबहादुर तामाङको २ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।

त्यसैगरी नरमाया गुरुङ,मधु दाहाल र दिलबहादुर महतको ३/३ लाख गरी जम्मा २८ लाख ७० हजार बराबरको क्षति पुगेको उनले जानकारी दिए । आगलागीमा चौपायामा क्षति नपुगेको भएपनि भाडाबर्तन र घर भने पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए ।  

sibir2