मौषम लिम्बु ‘फुलन्देको बाउ’ ले निर्देशन गरेको नेपाली चलचित्र ‘घरजम’ को प्रदेश नम्बर १ मा विशेषा प्रदर्शनी हुने भएको छ । पारिवरिक तथा सामाजिक कथाबस्तु बोकेको चलचित्रको यसअघि हङकङमा बिषेश प्रदर्शनी भइसकेको छ ।

चलचित्रको धुलावारी, बिर्तामोड, दमक, धरान, इलाम, पाँचथर र ताप्लेजुङमा बिषेश प्रदर्शनी हुने भएको हो । किशोर पंधाक र सीता तुम्बापोको निर्माणमा बनेको मौलिक नेपाली चलचित्र घरजमको पाँचथरको याङवरक र काठमाण्डौमा छायांकन गरिएको छ ।

चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ भने कथा उपेन्द्र सुब्बाले लेखेको हुन् । यस अघि चेसुङ, मासेमी, विछोड, छिमेकी, हिङमन चलचित्र बनाइसकेका निर्देशक मौषम लिम्बू हङकङमा बसोबास गर्दै आएका छन् ।

कार्तिक २ गते दमकको पाथिभरा चलचित्र हलमा बिषेश प्रदर्शनी गरेर धरान, बिर्तामोड र धुलाबारीमा प्रदर्शन गरिने लिम्बुले जानकारी दिए । खासगरी लिम्बु समुदायमा हुने बिवाहको पेरिफेरीमा यसको कथा घुमेको लिम्बुले जनाए । उनले नेपाली मौलिक कथाबस्तु भएका कारण चलचित्रले दर्शकको मन जित्न सफल हुने बिश्वास लिएको बताएका छन् ।