उद्दार कला प्रदर्शनी

alt
  • आश्विन २७, २०७६
  • १११ पटक पढिएको
  • प्रेम आचार्य

बिर्तामोड अन्तराष्ट्रिय बिपद जोखिम न्यूनिकरण दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले एकदिने उद्दार कला सम्बन्धी प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाढीमा डुबेका मानिसलाई गर्ने उद्दार कला प्रस्तुत गरेका थिए ।
नगरपालिकाको सालबारी झिलमा आयोजना गरेको कार्यक्रममा नयाँ श्रीनाथ गणको टोलीले डोरी, रबर बोट, ट्युव र घरायसी सामग्रीको प्रयोग गरेर पानीमा डुबेका मानिसलाई उद्दार गर्ने कला प्रस्तुत गरेका थिए । यसैगरी नेपाल प्रहरीको टोलीले उद्दारका क्रममा हुनसक्ने दुर्घटना र त्यसबाट बच्ने उपायका बारेमा प्रदर्शनी गरेको थियो ।
गत बर्ष नै आयोजना हुने भनिएको प्रदर्शनीको अघिल्लो दिन सशस्त्र प्रहरीको एकजना गोताखोरको मृत्यु भएपछि स्थगित भएको थियो । त्यसबर्ष स्थगित भएको प्रदर्शनी यसबर्ष आयोजना गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए । उनले धेरैवटा खोला नाला भएको नगरपालिका भएको हुनाले त्यसबाट हुनसक्ने सम्भावित जोखिम कम गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसद बिर्ख प्रधान, नेपानी सेनाका प्रमुख सेनानी मुक्साहाङ्ग याक्थुम्बा, सशस्त्र प्रहरीका एसपी रमेशकुमार थाक्सु, उपमेयर कमला आचार्यलगायत ५ सयभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो ।

धनुषा बम विस्फोटः यस ...

धरान  / धनुषामा गएराती भएको शक्तिशाली बम बिस् ...

पूर्वमा चासोकको रौनक ...

पाँचथर / नेपालको पूर्वी क्षेत्र जहाँ जातीय बाहुल्यता छ, ...

‘प्रदेश १ को नाम पहि ...

पथरी / प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो ल ...

‘प्राविधिक धारको शिक ...

भद्रपुर / अर्थ मन्त्री डा.युवराज खतिवडाले अबको शिक्षा व ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved