धरान /  तरकारीवालीको रुपमा भाइरल भएकी कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ ।
भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा छायाँकन भएको भिडियो आरएल मोक्तनले निर्देशन गरेका छन् ।
लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, विकाश चौधरीको संगीत रहेको गीतमा विकाश चौधरी र चन्दा घिसिङको स्वर छ । बिक्रम कार्की टिमको छायाँकन रहेको गीत कृष्ण पाण्डेले सम्पादन गरेका छन् ।
भाइरल भएपछि कुसुमले ‘लम्फु’ नामक एक फिल्म अभिनय गरेकी थिइन् । त्यस ताका उनी भाइरल भए पनि हाल उनको चर्चा त्यति थिएन । तीन बर्ष पछि उनको म्युजिक भिडियो आएको छ ।
को हुन तरकारीवाली
तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट परकब्जा’आर्थात तरकारीवालीले आफ्नो सौन्दर्यले इन्टरनेट कब्जागरिन्) शीर्षकमा बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा ३ बर्ष अघि राखिएको समाचार सामग्रीअझै लोकप्रियताको पहिलो नम्बरमा छ। त्यस बेला उनको सौन्दर्य चर्चा बिबिसी अनलाइनमा मात्रै होइन, इन्टरनेट भरि थियो ।
गोरखाकी चेली कुसम श्रेष्ठ २१ बर्षकी भईन । पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा कुसुमको एउटा तस्विरले धुम’मच्चाएको थियो ।

बुबा चन्द्रनारायणणले खेतमा फलाएका र अरुको खेतबाट संकलन गरेका टमाटर फिस्लिङ बजारमा बेच्थ्ये । घरकी एक्ली सन्तान भएका कारण उनले बाबुआमाको काममा सहयोग गदैं आएकी थिइन ।

यसरी भएकी थिइन भाइरल

गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुल तार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ। कुसुमले टमाटरको क्रेट बोकेर पुल तर्दै गरेको फोटो त्रिशूलीमा र्‍याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर २०७३ कात्तिक १२ गते फेसबुकमा राखेका थिए। त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो। करोडौं सेयर भएको छ। यहीदेखि कुसुम चर्चाको शिखरमा पुगेकी थिइन ।