श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन २८ गते मङ्गलबार, १५ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको द्वितीया तिथि २३ः५८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्विनी १२ः४९, उप्रान्त भरणी । चन्द्रमाराशि मेष, सूर्योदय ६ः०४ र सूर्यास्त ५ः३४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । शिक्षण क्षेत्रमा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित भेटघाट होला । रमाइलोमा दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । चोटपटकको सम्भावना रहेको छ । सवारी साधन तथा हतियारको प्रयोगमा सावधान रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बृद्धि र विद्याको विकास हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य व्यवसायमा सफलता मिल्ला । सानो कामबाट ठूलै उपलब्धि हासिल होला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट एवम् खानपिन होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद होला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।