पारसले दिए राजीनामा

alt
  • आश्विन २८, २०७६
  • ९१ पटक पढिएको
  • रासस

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा गरेका छन् ।  
नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताए ।

आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको दोस्रो दिन नै पारसले कप्तानी पदबाट राजीनामा दिएका छन् ।  पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी मानिन्छन् । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गदैं आएका थिए ।

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी समालेका थिए । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उनले कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो ।

इटहररीका नागरिक समाज ...

इटहरी । भारतले लिपुलेक, कालापानीलगायतको भूमी कब्जा गरेक ...

भारतीय विस्तारवाद व ...

भण्टाबारी/ भारतले नेपाली भू–भाग मिचेको भन्दै सुनस ...

बालमैत्री विद्यालय ...

सरकारले विद्यालयहरूलाई बालमैत्री बनाउने नीति ल्याएको नि ...

कालापानी नेपालकै भू– ...

नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । तर, भारतले लिपुल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved