भोजपुर/जिल्ला सदरमुकाम देखि टक्सार हुदै रामप्रशादराइ गाउपालिका जोड्ने सडक मर्मत गरि सञ्चालनमा ल्याईएको छ ।

सडक भोजपुरबाट निर्वाचित संघिय सांसद सुदन किरातीको नेतृत्वमा मंगलबार एकै दिनमा मर्मत गरि सञ्चालनमा ल्याईएको हो । यस अघि परेको अविरल बर्षाका कारण भोजपुर पिखुवा सडक खण्डको अधिकांश ठाउमा बाटो भत्किदा यातायात सेवा अवरुद्ध भएको थियो । बर्षाका कारण बाटो भत्किएर यातायातका साधन नचल्दा जिल्लाको दक्षिण पश्चिमका जनता पैदल हिडन बाध्य भएका थिए ।

अबरुद्ध सडक सञ्चालन गर्न सांसद किरातीको पहलमा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले , टक्सार हाईड्रो पावर , बस ब्यावसायीका प्रतिनिधी तथा सरोकारवाला नागरिकले सकृयता देखाएका हुन । बाटो मर्मतका लागि भोजपुर नगरपालिका र टक्सार हाईड्रो पावरले स्काईभेटर उपलब्ध गराएको सांसद किरातीले बताए । उनले भने “बाटो अवरुद्ध भएर सवारी साधन ठप्प हुदा जिल्लाको दक्षिण पश्चिमका जनताले दशै भरि दुःख कष्ट पाएको देखे पछि सडक मर्मतका लागि पहल गरेको हु , सबैको सकृयतामा एकै दिनमा काम सम्पन्न गरि यातायातका साधन समेत सञ्चालनमा आएका छन ।”

उनले बाटो शुचारु गर्न सहयोग गरेकोमा भोजपुर नगरपालिका , टक्सार हाईड्रो पावर , बस व्यावसायि तथा सरोकार वाला आम नागरिकलाई धन्यावाद समेत दिए । बाटो मर्मत गरिए सगै मंलगबार देखि सदरमुकामबाट रामप्रशादराइ गाउपालिकाको भुल्के हुदै ओख्रे सम्म बस सञ्चालनमा आएको यातायात व्यावसयि गोपाल मोतmानले बताए । दशै अगाडी देखि अबरुद्ध बाटो खुले पछि जिल्लाको रामप्रशाद राई गाउपालिकाको बैकुण्ठे, भुल्के दलगाउँ, बासिखोरा, हतुवागढी र आम्चोक गाउँपालिकाका साथै खोटाङको लिकुवा पोखरीका जनता खुसी भएका छन् ।

bato 4