साँस्कृतिक सद्भभावको आवश्यकता

alt
  • कार्तिक २, २०७६
  • २२० पटक पढिएको
  • प्रा.डा. धनरत्न शाक्य

मूलतः समय, स्थान र मानवीय सन्दर्भ र पृष्ठभूमिको विविधताले गर्दा सँस्कृति र साँस्कृतिक कुराहरुमा पनि विविधता रहनु स्वाभाविक हो । यस्तो विविधताले नै वास्तवमा निश्चित परिवेस, कालखण्ड र मानवीय समुदायको पहिचान पनि निर्माण गरेको हुन्छ । अतस्, सँस्कृति मानव अस्तित्व र पहिचानको आधार हुनेगर्छ ।
सँस्कृति
समाज, समुदायमा मानिसले बनाएका चलाएका कुराहरु, संरचना, चालचलन, परम्परा, चाडपर्व आदि सँस्कृतिका पहलुहरु हुन् । सँस्कृति अन्तर्गत् पाटी, पौवा, मन्दिर, गुम्बा, चर्च, मस्जिद, चैत्य, धारा जस्ता सामुहिक भौतिक संरचनास नाचगान, लोकगीत, नाटक, लोक कथा, आख्यान, लोकोक्ति, ग्रन्थ, पुस्तक, भाषा, भेषभुषा, लवाइखवाइ आदि जस्ता लोक साहित्यस चाडवाड, दिवस, जयन्ती, यज्ञ, मेला, भेला, भोज, मानव जीवनका विविध अवसरहरुसँग सम्बन्धित पास्नी, सँस्कार, परम्परा जस्ता अवसर विशेष तथा गुथि, सामुहिक बेलविवाह जस्ता अवधारणाहरु पर्दछन् ।
सभ्यता र विकासको क्रममा विभिन्न ठाउँ र कालखण्डमा धेरै प्रभावशाली र शान्त संरचना, घटना, प्रकरण, प्रथा, चलन, परम्परा र प्रवृत्तिहरुले आफ्नो उपस्थिति र प्रभाव देखाएका छन् । मानिसद्वारा यसरी सिर्जित यावत् कुराहरु सँस्कृति अन्तर्गत् समाहित, संरक्षित र पुस्तान्तरण हुँदै जान्छन् ।
साँस्कृतिक समानता र विविधता
सँस्कृतिमा विश्वजनिन एकता, समानता तथा अनेकता, बहुलता, विविधता दुवै भेट्न सकिन्छ । सार्वजनिन र समान कुराहरुले विश्वबन्धुता, एकता, समानता र प्रकृति धर्मको मर्मबाट सबैलाई एक सूत्रमा बाँध्ने सन्देश, हौसला र दर्शन मिल्छ । यसले विश्व भाइचारा र बन्धुताको लागि झक्झकाइरहन्छ । सडक, पुस्तकालय, यातायात, विद्यालय, भवन, इमारत, कार्यालय, विद्युत, मोबाइल, इन्टरनेट, वैज्ञानिक सेवासुविधा जस्ता कुराहरुले दुनियाँ धेरै हदसम्म एक समान देखिन्छ ।
कुनै समाज त्यहाँका यस्ता सार्वजनिन भन्दा पनि अतुलनीय, बेजोड वा फरक साँस्कृतिक कुराले गर्दा चिनिने हुन्छ । भक्तपुर शहर पाँचतल्ले मन्दिर, स्वर्णद्वार, पचपन्न झ्याले दरवारस ललितपुर कृष्ण मन्दिर, बहाबहि तथा काठमाडौं पशुपतिनाथ मन्दिर, स्वयम्भू, बौद्धनाथको चैत्यले गर्दा अद्वितीय छ। लुम्बिनी मायादेवी मन्दिर, धरान बुढासुब्बा, जनकपुर जानकी मन्दिरको कारण चिनिने हुन् । नेवारहरु आफ्ना परम्परा, भोजभट्टेर, खानाको परिकार, गुथि, आदिका लागि चिनिन्छ । मैथिली कला, तामाङ सेलो, मारुनी, देउदा, लाखे नाच आआफ्ना परिचय संगालेर जिवित छन् । हरेक समुदायका आआफ्ना फरक चालचलन र सँस्कृतिहरु हुन्छन् । नेपाल साँस्कृतिक अनेकता, बहुलता र विविधताको हिसाबले सम्पन्न र धनी देखिन्छ । नेपालमा अहिले पनि १२३ बढी भाषा र १२५ बढी खालका साँस्कृतिक जातीय समुदायहरु रहेको प्रतिवेदन छ ।
समाज, सँस्कृतिहरु परस्परमा धेरै हदसम्म समान भएपनि केही हदसम्म, रुपरंग र हिसाबले भिन्न र फरक पनि हुने गर्छन् । यस्तो भिन्नता बिल्कुलै स्पष्ट र मूल पक्षको पनि हुनसक्छ, जस्तैस् नेवार जातिमा रहेको कुमारी प्रथा । कतिपय विभिन्नता र विविधता हल्का, परिमार्जित स्वरुप वा कम प्रष्ट खालका पनि हुन्छन, जस्तै ठाउँ विशेषमा पनि केहि शव्दहरुको उच्चारण र विन्यासको भिन्नता ।
विविधताको महत्व
यस्ता भिन्नता र विविधताले गर्दा बोल्नै र भन्नै नपर्ने गरेर र कतिपय सूक्ष्म कुराको भने अध्ययन अबलोकनद्वारा त्यस ठाउँ, व्यक्ति र समाजको परिचय, पहिचान गर्न सकिने हुन्छ । काठमाडौं वा ललितपुरतिर जाँदा त्यहाँका नेपालभाषीहरु पानीलाई ’ल’ भन्छन्, भक्तपुरमा ’ना’ भनिन्छ र को कहाँका भनेर बोलीबाटै थाहा हुन्छ। यो कुरा नेपाली, अंग्रेजी वा अरु भाषाहरुमा पनि लागु हुन्छ । यसरी भाषा, साहित्य, लवाइखवाइ, भेषभुषा, चालचलन, परम्परा, विधिव्यवहार, कला, आदिमा रहेका विविधता एक हिसाबले विशेषता हुन्स पहिचान र परिचयको माध्यम हुन्।
यस्तो पहिचानका लागि प्रेरित भएर विभिन्न कालखण्डमा विभिन्न ठाउँमा स्वस्थ प्रतिस्पर्धामा धेरै मठमन्दिर, पाटीपौवा, जात्रा, गुठी, चाडपर्वहरुको शुरुआत, बिकास र निरन्तरता भएको हामी नेपालीकै पनि इतिहास छ। अहिले पनि कति धार्मिक, साँस्कृतिक र लोककल्याणकारी क्रियाकलापहरु यहि अबधारणामा अगाडि बढिरहेका छन् ।
साँस्कृतिक पाठ
यस्ता फरक पक्ष वा कुरालाई लिएर एक समुदाय, समाज वा राज्यका मानिसले अर्कोलाई गिज्याउने, होच्याउने, मान मर्दन गर्ने, दबाउने गरेको पनि देख्दै, भोग्दै र जीवनको कटुसत्यको रुपमा धेरैथोरै हुँदै आएको कुरा हो । ठूला साना झगडा मात्रै होइनन्, युद्धसम्म सँस्कृतिको नाउँमा भएर जन, धन र सँस्कृतिकै खति भएको कुरा इतिहासमा धेरै छन् । यसमा साँस्कृतिक विविधता भन्दापनि त्यस ठाउँ र समय विशेषका मानिसहरुको अहम्, स्वार्थ र असमझदारी वास्तवमा समस्याको जरो हुने गर्दछ । आफ्नो समाज सँस्कृतिमा रहेका राम्रा नराम्रा पक्ष केलाएर आफ्नै सँस्कृति चिन्नुपर्याे । अनि, कसैको मानव अधिकार र राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय कानुन मान्यतालाई खलल नपुग्ने गरी अवलम्बन गर्नुपर्याे । अरु समाज सँस्कृतिलाई सम्मान गर्न सिक्नु पर्याे ।
विविधता भनेको स्वाभाविक र अकाट्य कुरा हो । त्यसलाई सामान्य र स्वस्थ हिसाबले बुझेर, व्यवहारमा परस्परमा सद्भाव र सम्मानले अगाडि बढ्दा नै मानवमात्रको कल्याण हुने हो । यस दिशातिर बेलामौकामा छलफल, चिन्तनमनन, नितिनियमहरुको निर्माण भएको देखिन्छ । युनेस्को बायोइथिक्स मानव अधिकार सम्बन्धि डिक्लेरेसनको मुलभुत सिद्धान्तहरुमा बाह्रौं बुँदा ’साँस्कृतिक विवधताको सम्मान’ रहेकोछ ।
साँस्कृतिक सद्भावको नारा
यो वर्ष २०१९ को विश्व बायोइथिक्स दिवसले यहि महत्त्वपूर्ण सिद्धान्तलाई नाराको रुपमा अघि बढाएको हो । स्थानीय, राष्ट्रिय लगायत अन्तर्रा्ष्ट्रिय तहमा कार्यक्रमहरुको आयोजना गरेर यसबारे चिन्तनमनन, अध्ययन र अबलम्बन गर्न झक्झकाएको छ । बायोइथिक्स नेटवर्कको नेपाल एकाईले स्वास्थ्य विज्ञानका विद्यार्थी, शिक्षक र जनसाधारणबीच चेतना र जारुकताको लागि विविध कार्यक्रमहरुको आयोजना गरेको हो । बायोइथिक्स दिवस अक्टोवर १९ का दिन यस नारामा केन्द्रित विविध चेतनामुलक कार्यक्रमहरुको समापन कार्यक्रम वि.पि.को.स्वा.वि.प्र., धरानमा राखिएकोछ ।
विभिन्न फूलहरुको साझा फूलबारी नेपालका जनता हामी नेपालीका लागि योभन्दा सान्दर्भिक अवधारणा अरु के हुन सक्छ र ! सबैलाई हार्दिक शुभकामना छ ।

(बरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ, वीपी प्रतिष्ठान धरान)

धनुषा बम विस्फोटः यस ...

धरान  / धनुषामा गएराती भएको शक्तिशाली बम बिस् ...

पूर्वमा चासोकको रौनक ...

पाँचथर / नेपालको पूर्वी क्षेत्र जहाँ जातीय बाहुल्यता छ, ...

‘प्रदेश १ को नाम पहि ...

पथरी / प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो ल ...

‘प्राविधिक धारको शिक ...

भद्रपुर / अर्थ मन्त्री डा.युवराज खतिवडाले अबको शिक्षा व ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved