विराटनगरको हुनेखाने परिवारमा जन्मिएकी अनिशा बस्नेतको पढाइ राम्रै थियो । बाल्यकाल सुखद् बित्यो । तर, त्यो खुशी धेरै दिन टिकेन । अनिशा ९ वर्षको छँदा आमा तुलसा बस्नेतको निधन भयो । उनले २०३८ सालमा सुत्केरी आमालाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गुमाइन् । दक्ष चिकित्सक र अहिलेको जस्तो अत्याधुनिक उपकरण नहुँदा उपचारको अभावले अकालमा ज्यान गुमाउन परेको उनी बताउँछिन् । त्यो बेला १२ दिनको भाइ काखमा थियो । बाल्यकालमै आमा चाहिने बेलामा उनले आमाको भूमिका निर्वाह गरिन् । जसले गर्दा सङ्घर्षले नै उनलार्ई अभिभावक बन्न सिकायो । पढ्न र पढाउन सिकायो, पौरखी नारी बन्न सिकायो ।
आमाको निधनपछि भाइको सम्पूर्ण जिम्मेवारी उनमै आइलाग्यो । पढने धेरै इच्छा हुँदा हुँदै पनि विवाह छिट्टै भएकाले सोचे जति पढ्न उनले पाइनन् । उनको २०५० सालमा डा.वीरेन्द्रकुमार विष्टसँग विवाह भयो । त्यसबेला डा. विष्टले एम.बि.बि.एस. मात्र गरेका थिए । हरेक मानिसको पछाडि एउटी महिलाको हात हुन्छ भने जस्तै अनिशाले पनि आफ्नो श्रीमान्को सम्पूर्ण जिम्मेवारी आफूले लिइन् र डा.विष्ट न्यूरोलोजिष्टमा एमडी गर्न युनिभर्सिटी अफ लण्डनतर्फ प्रस्थान गरे । डा.विष्ट लण्डन पढ्न गएको ६ दिनपछि अनिशाले कोशी अञ्चल अस्पतालमा छोरा ऋतिक विष्टलाई जन्म दिइन् । यसअगाडि छोरी रोशनीको जन्म भइसकेको थियो । उनी २ वर्षकी थिइन् । ‘त्यसबेलाको सङ्घर्ष, दुःख, पीडा भए पनि श्रीमान् पढेर, डिग्री लिएर आउने खुशीले सबै दुःख बिर्सिइन् । समय बित्दै गयो । डा.विष्ट पढाइ सकेर लण्डनबाट नेपाल फर्किए । त्यसबेला नेपालमा एकदमै कम न्युरोलोजिष्टहरू थिए । अनिशाले अतीतका दिनहरू सम्झिँदै भनिन्, ‘विराटनगर आएलगत्तै डा.विष्टले कोशी अञ्चल अस्पतालमा ६ महिना काम गरी राजीनामा दिनुभयो । त्यो बेलामा कोशीमा न्युरोलोजी विभाग थिएन ।’
श्रीमान् र श्रीमती दुवैजना सल्लाह गरी आप्mनै अस्पताल खोल्ने योजना बनाए । विराटनगरस्थित शनिहाटमा १० शøयाको हस्पिटल खोलेका थिए । अस्पतालको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी अनिशाले सम्हालेकी थिइन् । अस्पताल १० बेडको भए पनि त्यसको उद्घाटन तत्कालीन बेलायती राजदूत रोलाल्ड पिनाष्टले गरेका थिए । ‘अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गयो’ उनले अतीतका दिन स्मरण गर्दै भनिन्, ‘बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गयो । थप सेवाहरू पनि क्रमशः बढाउँदै अगाडि लगेका थिए । त्यसपश्चात् अस्पताल सानो र साँघुरो हँुदै गयो । २०६० सालमा आफ्नै भवनमा (हाल रहेको) ५० शøयाको न्युरो अस्पताल विस्तार गरियो ।’ न्युरोलोजी सँगसँगै न्युरो सर्जरीको पूर्वाञ्चलमै ठूलो अभाव थियो । प्रायःजसो सबै मानिस भारतको सिलिगुडी जाने गरेका थिए । यसैबीच २०६५ सालमा डा.यमबहादुर रोक्काको नेतृत्वमा न्युरो सर्जरी सेवा पनि शुभारम्भ भयो । न्युरो सर्जरी सेवा शुरु भएपछि पूर्वाञ्चलका बिरामीहरूले भारत गएर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य मात्र भएको छैन, भारतका बासिन्दाले समेत उत्कृष्ट स्वास्थ्य सेवाबाट लाभ लिइरहेका छन् । हाल अस्पताल १ सय ५० शøयाको रहेको छ । जसको नेतृत्व एउटी नारीले गरेकी छन् । अस्पतालको कार्यकारी निर्देशक भएर उनले नेपालकै एक प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई स्थापित गराउन सफल भएकी छन् ।
अनिशा एउटा कार्यकारी निर्देशक तथा जीवन सङ्गीनीको रूपमा त सफल छिन् नै एउटा आमाको रूपमा पनि उनको उपलब्धि गर्व गर्नलायक छ । उनका दुई सन्तानमध्ये छोरी रोशनी अहिले डाक्टर भइसकेर हाल केएमसी हस्पिटलमा कार्यरत छिन् भने छोरा ऋतिक एमबिविएस गर्दैछन् । भनिन्छ – जोकसैले पनि रुचिकै विषयलाई पेशामा परिणत गरे सफल हुन सजिलो छ । तर त्यसका लागि लगन, धैर्य र सङ्घर्ष जारी राख्नुपर्छ । यही गरिन् अनिशाले पनि । त्यसैले त उनी अहिले आफ्नो क्षेत्रमा अब्बल सावित भएकी छन् । अनिशालाई आजको सफलता कसैले बकसमा दिएर पाएका होइनन् । उनलाई सङ्घर्षले यो स्थानमा पु¥याएको हो ।

आमाको नाममा शाखा विस्तार
‘मेरो भाइलाई जन्म दिएपछि मेरी आमाले संसार छोडेर जानुभयो । त्यसबेला भाइ जन्मेको १३ दिन भएको थियो । म ९ वर्षको थिएँ । अहिलेजस्तो उपकरण र भरपर्दो उपचार नपाएर अकालमा मेरो आमाले ज्यान गुमाउनुभयो’ अतीतको दिनहरू सम्भिदै भावुक स्वरमा उनले भनिन्, ‘मेरो आमाले जस्तो अरू कसैको आमाले पनि भरपर्दो उपचार नपाएर ज्यान नजाहोस भनेर आमाको नाममा शाखा विस्तार गरेको हुँ ।’ विराटनगरको महेन्द्रचौकमा विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलबाट पनि छुट्टै सेवा शुरु भएको छ । यो ५० शøयाको शाखा हो । यो शाखाबाट वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रेणुका राठी र वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहबाट दैनिक सेवाहरू सुचारु हुँदै आएको छ । ‘आज म प्रत्येक दिन कम्तीमा एउटा आमालाई बचाउन भूमिका खेलिरहेको छु । यही नै हो मेरो आमाप्रतिको सच्चा श्रद्धाञ्जली’ –गला अवरुद्ध पार्दै उनले भनिन् ।