धरान / नेपाल कम्युनिस्ट पार्टी(नेकपा) धरान उपमहानगर कमिटिले आज नेपालको प्रमुख चाढहरुको अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापान कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्यले गरेका छन् । उनले पर्यटकीय गन्तव्य, शिक्षा, स्वास्थ्यको हव धरानलाई नेतृत्वको लागि मंसिर १४ को उपनिर्वाचनमा नेकपाको दरिलो उपस्थिति अपरिहार्य भएको बताएका छन् । धरानको सम्वृद्धिका लागि नेकपाले विशेष ध्यान दिएकोसमेत आचार्यले बताए ।

73119568_417971228913197_5116230098864832512_n copy
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश सदस्य मुक्साहाङ लिम्बु, उमिता बराईली, जिल्ला सदस्य प्रकाश राई, जिल्ला सदस्य तथा धरान उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारी, फोक्वाहाङ सुब्वा चोत्लुङ, नेपाली काङ्ग्रेस नगर सचिव  श्याम पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्रतिनीधिसभा सदस्य जयकुमार राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेकपा सुनसरी इञ्चार्ज धर्मराज निरौलालगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा नेपाली काङ्ग्रेस, लिम्बुवान, राप्रपालगायत पार्टीबाट नेकपामा ५ जना कार्यकर्ताहरु प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, सदस्य शुभेक्षा अधिकारी(श्रेष्ठ), स्वर्णिमहाङ पाेम्माे लिम्बुलगायत रहेका छन् । श्रेष्ठ काङग्रेसका क्षेत्रीय सदस्य थिए । अधिकारी पनि काङ्ग्रेसमा थिइन । स्वर्णिमहाङ संघीय लिम्बुवान मञ्चका केन्द्रीय सदस्य थिए । यस्तै काङ्गेसका पुराना नेता सिझिकर्ण शर्मा र राप्रपाबाट विर्षकुमार विश्वकर्मा प्रवेश गरेकाे  नेकपा नगर अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।  चियापान कार्यक्रममा धरानको २० वटै वडावासीहरुको बाक्लो उपस्थितिरहेको थियो ।

74649790_542195759875281_6944401663054577664_n copy