दमक/ दमक नगरपालिकामा लामो समयदेखि कर्मचारी नहुदा उपभोक्ता मारमा परेका छन् । प्रमुख प्रशासकिय अधिकृत सागर मिश्र असोज १५ गते नगरपालिकाबाट रवाना लिएदेखि प्रमुख प्रशासकिय अधिकृतबाट हुने सबै काम ठप्प भएको छ ।

घर नक्सा, संघसंस्था दर्ता, आर्थिक र प्रशासनिक कार्य सम्पादन , कार्यपालिका वैठकलगायत कुनै पनि कार्य अघि बढ्न सकेको छैन् । निजामति सेवा नियमावली २०५० अनुसार कार्यालय प्रमुख नभएको अवस्थामा कर्मचारीको श्रेणी सेनियारिटीका आधारमा जो कर्मचारी छन् उही काम गर्न सकिने व्यवस्था छ ।

नगरपालिकामा प्रशासकिय अधिकृत सागर मिश्र पछिको दशौं तहमा कार्यरत अधिकृत टेकनाथ रेग्मी पनि विरामी भएको भन्दै विदा लिएपछि थप समस्या उब्जेको छ । नगरपालिकामा हाल प्रमुख प्रशासकिय अधिकृतले गर्न नभई नहुने कार्य बाहेक सुब्बा तहका कर्मचारीले कामचलाउ उपभोक्तकालाई सेवा दिइरहेको प्रशासन शाखाका सहायक हेमराज वनले बताए । नगरपालिकामा असोज १४ गते भएको घटनादेखि कार्यपालिकाको कुनै पनि वैठक वस्न नसकेकोले कर्मचारीमा अन्यौलता सिर्जना भएको उनको भनाई छ ।

ईन्जिनियर क्षेत्रीको वर्खास्तीको सकस
असोज १४ गते वसेको कार्यपालिका सदस्यसहति सर्वपक्षिय बैठकबाट स्व. धनवीर राजवंशीको पिडित परिवारलाई राहत स्वरुप ५ लाख रुपैया“ दिने र गौरादह नगरपालिकामा कार्यरत इन्जिनियर सचिन क्षेत्रीको कार्य सम्पादन सन्तोषजनक नगरेको भन्दै वर्खास्त गर्नेलगायतका निर्णय गरेको थियो ।

तर कार्यपालिकाको वैठकले निज क्षेत्रीलाई प्रक्रिया पुर्याई वर्खास्त गर्नु भनी सम्पुर्ण अधिकार नगर प्रमुख रोहित कुमार साहलाई दिएपनि उक्त वर्खास्तीको कार्यान्वय नहुने छाटकाट देखिन्छ भने यता नगरपालिकाले पिडित परिवारलाई क्रियाखर्च भनी रु ५० हजार रुपैया“ मात्र दिएको छ । नगर प्रमुख रोहित कुमार साहले भने– ‘मैले घटना भएकै दिन कार्यपालिकासहितको सर्वपक्षिय वैठकको निर्णय बमोजिम वर्खास्त भएको जानकारी प्रशासकिय अधिकृत, सवै वडा अध्यक्ष र नगरपालिकाका नाममा बोर्धाथ पठाएको हु । तर पनि इन्जिनियर क्षेत्री जवरजस्ती २र ३ दिन हाजिर गर्न आए । ’

गौरादह नगरपालिकाले असोज १२ गते गोरादह वडा नं. ८ को धनवीर राजवंशी अध्यक्ष रहेको बैराती टहरा निर्माण उपभोक्ता समितिको लगायतका योजनाका विषयमा के कति कारणले कार्य सम्पादन ढिलाई भइरहेको हो ? २४ घण्टा भित्र सोको लिखित स्पष्टिकरण मागेको थियो । तर त्यसको स्पष्टिकरण पनि नआएको नगर प्रमुख साहले बताए ।

कार्तिक १ गते बैठकको निर्णय बमोजिम नगर प्रमुख रोहित साहले सूचना अधिकृत खगेन्द्र गुरागाईलाई निज इन्जिनियर क्षेत्रीको विद्युतिय हजिरी खाताबाट नाम हटाई दिनु भनी तोक आदेश दिएपनि अधिकृत गुरागाईले उक्त पत्र प्रशाासन शाखाका प्रमुखलाई राय पेश गर्नु भनी अनुरोध गरे । तर प्रशासन प्रमुख टेकनाथ रेग्मी विरामी विदामा उपचार गर्न भारतको भैलोर गएपछि उक्त विद्युतीय हाजिरीबाट निज इन्जिनियर क्षेत्रीको नाम हटाई दिन हुन् भनी तोक आदेशको पत्र प्रशासन शाखाको टेवलमा अड्किएको छ ।

गौरादह राजपत्रमा प्रकाशित करारका प्राविधिक कर्मचारी सम्बन्धिको कानुन अनुसार इन्जिनियर सचिन क्षेत्रीको करार अवधी २०७६ असार मसान्तमा सकिएको हो । नगर सभाबाट अनुमोदन भई पुन ३ महिना थप गरी निजलाई असोज मसान्तसम्म करार नियुक्ति गरेको थियो । त्यो करार अवधि पनि सकिएको छ । गौरादह राजपत्र नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५ को ९ं बुदा“को करार समाप्ती को नं. २ मा करार सम्झौता गरिएको प्राविधिक कर्मचारीको कार्य सन्तोषजनक नभएको भनी कार्यरत विषयगत शाखा वा कार्यालयले सिफारिस गरेमा प्रमुखले आवश्यक छानविन गर्न लगाई सफाइको मौका दिई कार्यालयले जुनसुकै अवस्थामा करारबाट हटाउन सकिनेछ भनी उल्लेख छ ।