धरान  / शरदराज मैनाली गीतसंगीतको क्षेत्रमा परिचित नाम हाे । सानैदेखि गीतसंगीतको नशामा डुब्ने गरेका शरदराज मैनालीले साथीहरुको एक समूह बनाएरसमेत गीतसंगीत क्षेत्र छाडेनन् । गीतकारले कोरेको हरेक गीतले लोकप्रियताका शिखर चुमेका छन् । उनले धेरै सम्मान, अवार्डहरु पनि हासिल गरेका छन् ।
मैनालीको गीत लेखनमा अनौठो जादु र मन छुने शब्द हुन्छ, उनको शब्दमा जहिले पनि कथा र ब्यथा लुकेको हुन्छ जुन कुनै न कुनै मानिसको जिन्दगीमा घटेको हुन्छ, जसकारणले गर्दा उनको गीतको शब्दलाई गायकहरुले गाउन रुचाउछन् । उनका शब्दमा धेरै प्रख्यात गायकले गायि सकेका छन् । शशी रावल, रेस्मा सुनवार, रजिना रिमाल, मनिषा मैनालीनविन के. भट्टराई, सनुप पौडेल,राजेन्द्र कुमार कार्की सन्तोष लामा, मनिश सिंह अधिकारी(युग व्याड), अतुल कार्की(स्ट्रिट व्याड), विवेक आचार्य, सन्दिप कार्कीलगायतले उनकाे शब्द गीत बनाएर गाएका छन । , सन् २००१ सालमा ‘अब्लेज शोल’ नामक ब्याण्ड समूह बनाएर गीतसंगीत क्षेत्रमा पाइला चालेको शरदराज मैनालीले ब्याण्डमा नै रहेर काम गरे । गीतसंगीतमा कसरी हुन्छ फरकपन दिलाउने अब्लेज शोल ब्याण्डको उद्देश्य हुने गथ्र्यो । अब्लेज शोल ब्याण्डको एल्बमको नाम थोपा राखेर त्यो ब्याण्डले गीतसंगीतको क्षेत्रमा एक थोपा खसालेका थिए । अब्लेज शोल ब्याण्डले त्यो एल्वममा आफ्नो ८ वटा गीत तयार गरेर वजारमा ल्याएका थिए ।
त्यस मध्ये केही गीत रक र केही गीत पप मेलोडी र सेन्टिमेन्टल प्रकारको थियो । त्यस पछी ब्याडका साथीहरु विदेशतिर तथा आफ्नो पेशामा लागे पछि शरदराज मैनालीले गीतसंगीतलाई केही समयको लागि निरन्तरता दिन सकेनन् ।

वीरगंजमा जन्मिएका मैनाली अहिले कपनमा स्थायी बासिन्दा हुन । आमासहित उनको परिवारमा दुई दाजुभाई र दुई दिदीबहिनी छन् । बुबा मोहन प्रसाद मैनाली २०६३ मा शहिद हुन पुगे । जुन बेला उनी गीतसंगीतमा रहर बोकेर हिडिरहेको थिए त्यही बेला उनीभित्र ठूलो बज्रपात पर्यो । सहारा गुम्यो मनमा वेचइन पैदा हुन थाल्यो हिजोका दिन सम्भिँदै भने ‘बुबा सरकारी जागिरे हुनुहुन्थ्यो । जिल्ला प्रशासन कार्यालयको अधिकृत हुनुहुन्थ्यो । वीरगंजमा कार्यरत रहेका बेला २०६३ सालमा जनतान्त्रिक तराई मुक्ति मोचाद्धारा गोली प्रहार गरी हत्या गरियो ।’

गीतकार तथा संगीतकार मैनालीले यही ब्याण्डमा छँदा नै ‘मिठो सपना’गीतलाई कम्पोज गरेका थिए जसको शब्द र संगीत शरद राज मैनाली र प्रदिप मानन्धरले मिलेर गरेका थिए । भर्खरै गिटार सिकेको बेला थियो । नयाँ जोश जाँगर लिएर काम गर्दै गर्दा देखेको मिठो सपना नै उनको एल्बमको नाम बनेको थियो ।
रहरै रहरको बेला थियो त्यो समय, उनले पुराना दिनको स्मरण गर्दै भने —‘मिठो सपना गीतको भिडियो गर्दा प्रडक्सन हाउसवाट भिडियोको ५ वटा डीभी हरायो, २ वटा डिभी भेटियो ।’ डिभी क्यासेट हराउदा उक्र भिडियो पुरा हुन नगएकोमा उनले आफैले क्यामेरा म्यान वनेर त्यो गीतको वाँकी सुट सकेका थिए जसमा उनी आफै क्यामेरा म्यान, ईडिटर, क्नसेप्ट राईटर र सम्पादक भई काम गरेका थिए ।

अब्लेज शोलसँगै सबै साथीहरु आधारभूत आवश्यकताको सिकार बने । कोही कता, कोही कता भए, उनको मनमा पनि विचलन आउन थाल्यो । त्यसपछि अब्लेज शोलसँगको सम्बन्ध टाढियो र मैनालीले युग ब्याण्ड नामको एउटा समुहलाई फेरी स्थापना गरे । जसमा ३ सदस्य मात्र थिए । मनिष सिंह अधिकारी, कपिलध्वज थापासँगै मैनाली आफै लिड भोकलिस्ट भएर युग ब्याण्डमा क्रियाशील भए । त्यसमा मनिषसिंह अधिकारी पनि भोकलिस्टको रुपमा थिए र कपिलध्वज थापा र्यापरको रुपमा प्रस्तुत भएका थिए । यो ब्याण्डको गीतसंगीतको लागि फाइनान्स गरेका थिए । त्यो बखत युग ब्याण्डले धेरै कम्सर्टहरु पनि गरेका थिए, जसमध्ये एक रकज्यामिन नामक एक थियो । उनले धेरै कन्सर्टहरु गरेर कमाइ पनि राम्रो हुन थाल्यो । मेरो मोबाइलको कन्सर्टबाट राम्रो सफलता हात पारेका थिए ।
त्यसै क्रममा उनले‘द«व्य’चलचित्रमा म्युजिक डाईरेक्सन गर्ने मौका पाएका थिए । ‘द«व्य’ चलचित्रको शब्द तथा संगीतको जिम्मा उनकै काधमा थियो । अवसर खोजिरहेको बेला ३ वटा गीतको शब्द र संगीत भर्ने मौका पाउदाउनी निकै खुशी भए ।
पछिल्लो समय नवीन के. भट्टराईसँग ‘तिमी नै’गीत बजारमा ल्याएका उनले फेरी सुगम पोखरेल र नवीन के. भट्टराईको नयाँ प्रोजेक्ट गरिरहेका छन् । शशी रावल र सनुप पौडेलसँगको सहकार्यमा सागरको गहिराई सार्वजनिक भइसकेको छ । ‘तिमी नै’ एल्बमको चार वटा गीतको सार्वजनिकका लागि तयारी अवस्थामा छ र युग व्याडको पुरानो गीत मिठो सपनाको भाग २ वनाएर, मिठो सपना २ निकाल्ने तरखरमा उनी व्यस्त छन् ।