धरान/ बलिउड अभिनेता रणवीर सिंह अहिले केही फुर्सदिला छन् ।

उनी विभिन्न कार्यक्रमहरूमा व्यस्त देखिएका छन् । तर, यही बेला उनलाई गङ्गुबाइमा अभिनयका लागि प्रस्ताव आए पनि आलिया भट्ट भएकै कारण अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

फिल्मको निर्देशन सञ्जयलीला भन्सालीले गरिरहेका छन् । रणवीरलाई फिल्ममा केमियो रोल अफर गरिएको थियो । त्यसका कारण अस्वीकार गरिएको बुझिएको छ ।

आलिया र रणवीर यसअघि ‘गल्लीब्वाइ’ मा एक साथ देखिएका थिए । फिल्म बक्स अफिसमा सफल बनेको थियो ।