धरान/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय फिल्म उद्योगका अभिनेताहरुसँग भेटघाट गरेका छन् ।

प्रम मोदीले शाहरुख खान, आमिर खान, कंगना रनावतजस्ता कलाकारहरुसँग अन्तरक्रिया गरेका हुन् । त्यसक्रममा गान्धीको विचारधारालाई सिनेमामार्फत् प्रसारप्रसार गर्ने अनुरोध गरेका छन् ।

अन्तरक्रियामा आमिर, शाहरुख, कंगनाका अलवा ज्याकिलीन फर्नान्डेज, एकता कपुर, बोनी कपुरजस्ता चर्चित कलाकारहरु उपस्थित रहेका थिए ।

कलाकारहरुसँग भेटघाट गर्न पाउँदा खुशी लागेको उनले प्रतिक्रिया दिए । त्यसक्रममा शाहरुख र आमिर खानले प्रम मोदीसँग सेल्फी पनि खिचेका थिए । आमिरले प्रम मोदीसँगको भेटले खुशी तुल्याएको बताए ।