धरान/ साहित्यकार झमक घिमिरको जीवनीमा आधारित निर्माण गरिएको ‘जीवन काँडा कि फूल’ को रिलिज मिति तय गरिएको छ ।

निर्माण युनिटले फिल्म कात्तिक २२ गतेबाट देशभर प्रदर्शनमा ल्याउन लागेको हो । मदन पुरस्कार विजेता साहित्यकार घिमिरको जीवन काँडा कि फूल नामक पुस्तकमा आधारित रहेर फिल्म निर्माण गरिएको हो ।

फिल्मको निर्देशन विनोद बिष्टले गरेका हुन् । उनकै निर्माणमा बनेको फिल्ममा झमकको विभिन्न भूमिका लागि विभिन्न पात्रलाई छनौट गरिएको छ ।

झमकको बाल्यकालको भूमिकामा भारतकी अवस्था थापा र युवावस्थाको भूमिकामा काठमाडाैँकी रोजित वुद्धचार्यले गरेकी छन् । त्यसका अलवा फिल्ममा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरीलगायतका कलाकारहरू रहेका छन् ।