धरान/ सलमान खानको नयाँ फिल्म दवङ्ग ३ को ट्रेलर रिलिज गर्ने तयारी गरेको छ ।

फिल्म निर्माण पक्षले अक्टोबर २३ का दिन मुम्बइमा कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिने भएको छ । यो फिल्ममा सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिएका छन् ।

यो फिल्मको ट्रेलर भारतको विभिन्न ९ शहरमा एक साथ रिलिज गरिन लागिएको छ । फिल्ममा सोनाक्षी सिन्हा, अरबाज खान, माही गिललगायतका कलाकारहरू देखिएका छन् ।