सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रति आत्मनिवेदित लोकमतले समृद्ध र सर्वशक्तिमान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अहिले राज्यसत्तामा विराजमान छ । लोकतन्त्रको सारभूत सिद्धान्तको भावभूमिमाथि उभिएर तटस्थ एवम् निरपेक्ष निरूपण गरिनु यो वर्तमानका प्रति किन समय—सान्दर्भिक हुन्छ भने सङ्घीय राज्यव्यवस्थाका तीन अङ्गमा नै नेकपाको अदम्य वर्चस्व छ । नागरिकका प्रत्यक्ष सरोकारी स्थानीय सरकार रूपी अधिक र अधिकांश पालिकाहरू, सातमध्ये छ प्रदेश सरकाहरू र एकमना सङ्घीय सरकारमा लोकमतबाट निर्वाचित नेकपाका नेता—नायकहरू छन् । बहुदलीय लोकतान्त्रिक प्रणालीको स्थायित्वका हकमा यस्तो शासकीय अवसर प्राप्त हुनु कसैका लागि पनि स्वर्ण उपलब्धी नै ठहर्छ । तर त्यो सौभाग्यको  अनुभूतिले नागरिकको धरातलीय यथार्थ टेक्नसक्नुपर्ने शर्तलाई व्यावहारिक प्राण बनाइनु पनि अनिवार्य हुन्छ । लोकमत प्रदत्त उपलब्धिलाई मूर्त सफलतामा जीवन्त तुल्याउने यही निर्विकल्प उपाय हो । अर्थात्, यो अनिवार्यताको आभ्यन्तरिक सम्मानको लोकतन्त्रकै जीजिविषा जीवन्त हुन्छ । जो अहिले राज्यले सम्भवतः उपेक्षा गरिरहेको विषयका रूपमा हुनु उपलब्ध अवसरका परिप्रेक्ष्यमा उल्लेख्य दुर्भाग्य हो । यो दुर्भाग्यको आयु यस समयसम्म नागरिक कित्ताका नागरिक मानिने आधारभूत वर्गका नागरिकको घनघोर पर्खाइको पहिलो प्राथमिक सूचीमा सूचीकृत छ ।
भूपरिवेष्टित राष्ट्र भनेर विश्व पहिचान पाइआएको राष्ट्र नेपाल भारतीय भूमिद्वारा तीनतिर बाँधिएकाले र जनसङ्ख्या अतिक्रमणको चाप एवम् राजनीतिक भावले भुसको आगोरूपी अनुताप भोगिरहेको राष्ट्र हो,नेपाल । यस धरातलमा उभिएर यो राष्ट्रको जीवन दैनिकीको व्यावहारिकतालाई दृष्टिगत गर्दा यसलाई भारतपरिवेष्टित मान्न पनि सकिन्छ । यद्यपि उत्तरको विशाल  शक्तिराष्ट्र जनवादी गणतन्त्र चीन सीमान्त—मित्रराष्ट्र हुनु र भारत चीन परस्पर राजनीतिक, सामरिक तथा वैचारिक वैभिन्यका दुईतिर हुनु नेपालका निम्ति विविध कारणका कारणले, भू—राजनीतिक अक्करिलो स्थितिका सन्दर्भमा, अनुकुल छ । भू—बाध्यता र व्यवहार कारोबारमा स्वाभाविक रूपले भारतसँगको अपरिहार्य निकटताको कारण पनि नेपालले चीन रिझाउने मौकाको प्रतीक्षा गर्छ । अन्तत ः एकाधिपत्यमार्गी साम्यवाद निर्देशित चीनको उपल्लो नेतृत्वसँग साक्षात्कार हुन नेपालले लालायित भइरहनुपर्ने नियति भोग्दै आएको छ । विभिन्न कालखण्डका चीन सरकारका उच्च पदासीन तथा प्रशासनिक ओहदावादीले नेपाल भ्रमण गरे पनि २३ वर्ष अघि (सन् १९९५) तत्कालीन राष्ट्रपति जियाङ जेमिनको भ्रमणपछि वर्तमान राष्ट्रपति सी चिनफिङको भ्रमणलाई अत्यन्त महŒवपूर्ण अवसरका रूपमा नेपालले मञ्चित गरेको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट प्राप्त आर्थिक पादार्थिक उपलब्धिहरूको स्थलगत अवतरण अपेक्षामण्डित चासोको विषय रहेको त छँदैछ । अत ः दुई देशका बीच सम्मनन  आधिकारिक सम्झौताका विषयहरूले जान्न र बुझ्न जान्ने वर्गका नेपालीलाई आल्हादित तुल्याएकै छ । समग्रमा राष्ट्रपति सीबाट नेपालीले धुमधाम खुशी हुने विषय पनि थिए,  उनले आफ्नो नेपाल भ्रमणताका आफ्ना अभिव्यक्तिबाट   प्रवाह गरेका अुनभवसिद्ध सन्देशहरू । यो किन भने नेपालमा उनको उच्च सम्मानपूर्ण स्वागत गरियो । यदि त्यसमा राज्यको हार्दिकता नै उत्सर्जित थियो भने उनका सुझाव रूपी सन्देशको पनि राज्यले आत्मसात गरी साँच्चै व्यवहारमा अवतरित गराउनेछ भन्ने नागरिक अपेक्षा सर्वोपरि रहेको छ । आज देशमा जुनजुन कारणबाट बेथिति प्रकीर्ण छन्, नागरिकमा व्यापक निराशजन्य आक्रोश प्रकटित हुँदै छन्  र तिनलाई सत्ताधारीहरू लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रको छोयो ओडाएर टाउको जोगाउने जुन  किसिमको बचकाना प्रयास गर्दै छन् भन्ने सबै नै राष्ट्रपति सीले निश्शेष र विशद बुझेको सन्देशाभिव्यक्तिबाट अमूर्त भाव र भाषामा प्रक्षेपण गरेका छन् । गोहीले लङ्गारमा चेपेर कूपबाट निल्न लागेको शिकार (प्राणी) पीडाले छटपटाएर रोएको चिच्याएको सुनेर त्यसको मायाले उही गोहीले आँसु काडे जस्तो अवस्था झन्नै झन्नै  अहिले राज्यव्यवस्था र त्यसको सञ्चालक  शिविरबीच चरितार्थ छ । चिनियाँ राष्ट्रपति सीका सन्देशले यही बोधको भाव सम्प्रेषित गरेका हुन् कि ? राज्यधिकारीहरूका सामु  यो घटोत्कच्चे प्रश्न उपस्थित भएको छैन र ?
कुनै पनि देशका मूल बासिन्दाको सनातनी मनोविज्ञानद्वारा वेष्टित सोच अवधरणाबाट त्यो देश निर्देशित हुनु पर्दछ भन्ने विश्वमान्य मान्यताका पक्षमा स्वाधीनताप्रेमी विपन्न देशहरूले पनि वकालत गर्न थालेको अवस्था छ अहिले । माओत्से—तुङको उदयपछिको चीनका राज्यशैलीमा राष्ट्रपति सी चिनफिङले पनि समयसापेक्ष आयाम थपेर उपर्युक्त भावसङ्क्रमण गराएको विश्लेषण हुँदै आएका छन् । राष्ट्रपति सीकै कार्यकालको प्रारम्भदेखि नै चीनले नया“ शिराबाट श्रेष्ठता प्रतिष्ठापन गर्ने नयाँ राजनीतिक प्रविधि प्रारम्भ भएको चर्चा यस भूखण्डका देशहरूमा चलिआएकै छन् ।

वस्तुत ः कुटनीति र परराष्ट्र सम्बन्ध भावनाले मात्र चल्ने विषय होइनन् । शक्ति, स्रोत, पारस्परिक हित र पारस्परिक उपयोगिता नै कुटनीति र परराष्ट्र सम्बन्ध सुदृढीकरणका मुख्य सबल पक्ष हुन्  भन्ने त समग्रतामा विश्वले मञ्जुर गरेकै राजनीतिशास्त्रका प्राथमिकतामै छन् । यस अर्थमा दुई वर्ष अघि सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं  महाधिवेशनमा राष्ट्रपति सीद्वारा प्रस्तुत समाजवादी सिद्धान्तले आजको चीनमा ऐतिहासिक कोशेढुङ्गाको महŒव पाएको हो । सी पथको विशेषण विभूषित सो सिद्धान्त चिनियाँ संविधानमा अन्तर्भूत पनि भइसकेको छ । सो महाधिवेशनले चिनियाँ संविधानमा अन्तर्भुत पनि भइसकेको  । सो महाधिवेशनले उक्त सिद्धान्त अनुमोदन गरेर संविधानको विशिष्ट स्थानमा स्थापित मात्र गरेको थिएन । त्यसको निर्यात गर्ने निर्देशक रणनीति पनि निर्माण गरेको थियो ।

अन्तत ः नेपालमा, सम्भवत ः सर्वप्रथम, सत्तारूढ नेकपाले चिनियाँ आयोजनाअन्तर्गत गत असोज ६ र ७ गते काठमाण्डौंमा अन्तरक्रिया नामले प्रशिक्षण  कार्यक्रम गराएको थियो । त्यस विन्दुबाट अनावरण प्रक्रिया शुरू भएको आजको नेपाल चीन धनिष्टताको नयाँ आयाम (?) चिनियाँ राष्ट्रपति  सीको लगभग अपूर्व स्वागतसम्म आइपुगेको हो भन्ने विश्लेषणहरू लटरम्मै देखिन थालेका छन् ।
 राष्ट्रपति सीले काठमाडौंको नेपालमा दुई दिवसीय भ्रमण गर्दा छोडेको दुई विशिष्ट सन्देशमध्ये पहिलो योजना बनाएर घोषणा गर्नुले मात्र जनजीवनमा महŒव राख्तैन तय भएको योजना कार्यान्वयन गर्नेगर्नूपर्दछ । र, दोस्रो थियो जनताको  मन जिते मात्र सत्तामा टिकिन्छ । उनले नेतृत्व वर्गमा स्वच्छता र शुद्धता हुनपर्ने नैतिक शिक्षाको किस्तीमा उल्लिअित दुई सन्देश सजाएका थिए । उनै दुई कुरा वर्तमान सामाजिक जीवनका दज्र्यानी नेपालीले अुनभूत गरी आ आफ्ना अपेक्षाको आग्रहमा राखिराखेका अवस्थामा तिनले ती नेपाली मनहरूलाई स्निग्ध स्पर्श गरेका छन् । नेपालमा विस्तीर्ण असन्तोषको जड वा सारभूत कुरो गरेका छन् । नेपालमा विस्तीर्ण असन्तोषको जड वा सारभूत कुरो अरू के छ त ? यति नै मात्रलाई इमानदारीका साथ अस्तित्वमा आकृत गराइए असन्तोष र आक्रोशको प्रजनन सम्भव नै छैन । यसका लागि सर्वप्रथम  यस देशका सन्दर्भमा प्रवृत्तिगत सुधार आवश्यक हुन्छन् । नेपाली नेतृत्व वर्ग, नायक वर्ग अगुवा र राजनीतिक पटवारी वर्गमा परम्परादेखि नै प्राकृतरूपमा जुन किसिमका दम्भी र उदरम्भरी मानसिक चारित्रिक प्रवृत्ति वंशानुगत गरिएको छ, त्यसको अवरोपण सहज सम्भव हुने कुरा सन्देशमुक्त छैन । विधि व्यवस्था बद्लिदा अवस्था बदलिन नसक्न प्रवृत्तिगत थिचोमिचोको दृष्य परिणामबाहेक अरू के हुनसक्छ  भन्ने तर्क छ त ? तर वस्तुगत यथार्थको दहमा तैरिने होइन, गहिरिने इच्छाशक्तिले यस्ता विषय सुबोधगम्य हुन्छन् । तर्कका निम्ति तर्क अहिले नेपाली शासनाधिकारीहरूको फेसन बनेको छ । शायद राज्यका काम कारवाहीले  जनतालाई जोडेर लोकतन्त्रका नागरिकको समय सामाजिक मान्यता दिन सकिरहेको छैन ।

भ्रष्टाचरी यसबेला अधोषित वैध भई प्रकोपकारी गतिमा विकास भएको अख्तियार दुरूपयोग अनिवार्यताको रूपमा लापर्वाही हुँदा खानेहरूका चुला अँगेनामा चुलिएको महँगीको परावर्तन बिग्रँदो सामाजिक अनुशासनबाट सभ्य समाजको परिहास, हत्या, बलात्कार जस्ता दुष्कर्महरूलाई दण्डहीनताको संरक्षण नीति निर्माणको थलोवासीहरूमा बढ्दै गएका शर्मनाक चरित्रहीनता आदि इत्यादि यस  वर्तमानका दृश्य परिदृश्य हुन् । यहाँसम्म त बकवेदान्ते चालामालाको रङ्गोलीमा नागरिकलाई अल्मल्ल्याएर सत्ताको विलास भोग चल्यो, अब विश्वकै दोस्रो शक्तिराष्ट्रको निकट बन्ने र सहकार्यको समझदारीमा अनुबन्धित हुने योग्यताका निम्ति सुधार आवश्यक छ कि छैन ? युगान्तक परिवर्तनपछिको इतिहासकै शक्तिशाली सरकारको जामा पगरीले सुशोभित सरकारका तल्ला उपल्ला अवयवहरूले आफ्नो सबल वर्चस्वका लागि उल्लेखित प्रश्नको जवाफ खोज्नुपर्ने समयको प्रेच्छा उपस्थित छ । स्थलगत अभ्यासमा निस्पन्द रहने हाँकहरू समसामयिक इतिहासको अभिशप्त पन्जामा नलेखियोस् राज्यशक्तिका स्रोत जस्तो संविधानले प्रदान गरेका अधिकारले मर्यादित नागरिक तप्काका निश्दल अभिलाषा त छदै छ यहाँ । शायद चिनियाँ राष्ट्रपति सी चिनफिङका सन्देशहरू सचेत वर्गका नेपालीमा तसर्थ नै प्रशंसा बनेका हुनन् । तिनलाई राज्यलेकसरी बुझ्यो भन्ने चाहि हेर्न बाँकी नै छ ।
 हुन त, अहिलेको राज्यसत्तामा एकमता एकाधियत्य हैसियतमा रहेको नेकपा स्वयम् आफ्नो सो हैसियतको उन्मादवश नै हुन सक्त छ , लय र छन्दभङ्ग रूपमा देखिँदो छ । चिनियाँ राष्ट्रपतिको उपस्थितिमा नेकपा प्राधिकरणबाट निसृत प्रतिबद्धताहरूको हेक्का राख्ने आवश्यकतासम्म पनि नठानिने हो कि भन्ने शङ्का उत्सर्जन गर्दै सो पार्टी प्रधिकराणका माननीयहरू पदको छिनाझपटीमा अनुरक्त हुन थालेका खबरहरू आउन थालेका छन् । आफ्नै कर्मचारी महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोप लागेपछि पदत्याग गरेका कृष्णबहादुर महराको खाली ठाउँमा आफू पुग्ने ताउर माउरले पार्टीवृत्तमा हलचल भइरहेको छ । चिनियाँ समाजवादको प्रशिक्षणप्राप्त नेकपाका केन्द्रीय नेताहरूले राष्ट्रपति सीकै मुखबाट उत्तिका सुझाव सुनेको कानमै टिन्तिनाइरहेकै  अवधि मै अथवा काठमाडौंको सदाबहार धुलो हिलोले पालो फेर्ने सडकहरूमाथि चिनियाँ राष्ट्रपतिको स्वागत खातिर लगाइएको कालो लेपन उक्किन थाल्दाथाल्दै, सडक किनारमा रोपिएका दुबो र फुेका बोट विरूवाहरू ओइलिन नपाउँदै फोहोरका थुम्काहरू बालुवाको बिस्कुनले छोपेर त्यसमाथि राखिएका नेपालका प्राकृतिक सौष्ठव परिचायक तस्वीरहरू अङ्कित फ्लेक्स बोर्डहरू विहारी कुँडाकर्कटेले बटुल्न नपाउँदै वा असली नेपालको सक्कली (मौलिक) राजधानी बन्न काठमाडौं  रूपान्तरणको तर्खरमा हुँदाहुँदै यो के तमाशा शुरू भएको हो र यसबाट उत्तरतिर कस्तो सन्देश प्रवाह हुन्छ भन्ने कुरामा सचेत नहुनुबाट के बुझ्नुपर्ने हो भन्ने चाहिँ बुझिएको छैन । के बुझ्नुपर्ने भन्ने नै बुझ्न नसकिनु भनेको कम अक्करिलो अप्ठ्यारो हुन्छ र  ? घटीमा पनि बुझ्नुपर्ने यो रहेछ  भन्नेसम्म चाहिँ सबैले बुझ्न पाउनु पर्दैन र ?
प्रज्ञा टोल, भद्रपुर झापा