पाँचथर / सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था लिमिटेड चारपाने झापाले पाँचथरको कुम्मायक गाउँपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई एक एक थान एम्बुलेन्स अनुदानमा दिने भएको छ । संस्थाले कार्यक्षेत्र भित्रका दुई स्थानीय निकायहरुलाई एम्बुलेन्स सहयोग गर्ने भएको हो । कुम्मायक गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सहारा नेपाल साकोसका पधादिकारी तथा गाउँपालिका वीच एम्बुलेन्स सहयोग गर्ने बारे पहिलो चरणको छलफल भएको थियो ।
संस्थाले विकट क्षेत्रमा रहेका सेवाकेन्द्र मार्फत कुम्मायक गाउँपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई छनोट गरी एम्बुलेन्स सहयोग गर्ने निणर्य गरेको यासोक सेवा केन्द्रका प्रमुख मदनकुमार श्रेष्ठले जानकारी दिए । संस्थाले दुईवटै स्थानिय तहहरुलाई आवस्यक प्रकृया पुरा गरी एक कार्यक्रमका विच एम्बुलेन्स हस्तान्तरण गर्ने बताएको छ । सहारा नेपाल र कुम्मायक गाउँपालिका वीच आगामी दिनमा युवा स्वरोजगार, कृषि, क्षमता विकास लगायलको क्षेत्रमा सहकार्य गरी गरिव तथा विपन्न वर्गको हितका योजना बनाउदै अघि बढ्ने सहारा नेपालको लक्ष्य राखेको सो सस्थाले जनाएको छ ।
कार्यक्रममा कुम्मायक गाउँपालिकाले एम्बुलेन्स जस्तो मानविय सेवाको अति आवस्यक साधन अनुदान सहयोग गर्ने निर्णय प्रशंसा योग्य निणर्य भएको बताएको छ । एम्बुलेन्स सेवा सिङगो गाउँपालिकाको हितमा रहेको गाउँपालिका उपाध्यक्ष सीता आचार्यले बताईन् उनले कुम्मायकमा अति आवस्यक रहेको एम्बुलेन्स सहयोगले जनतालाई राहत पुग्ने बताउदै सहाराले दिएको एम्बुलेन्सलाई गाउँपालिकाको मातहतमा राखेर अधिकतम सदुपयोग गर्ने बचन दिइन् ।
सो कार्यक्रममा सहारा नेपाल साकोसका संचालक समिति सदस्य शुक्रबहादुर तामाङ, शंकर रिजाल, नरहरी न्यौपाने,उप निर्देशक लक्ष्मण खतिवडा, इलाम अनुगमन अधिकृत तोयानाथ आचार्य, यासोक सेवाकेन्द्र प्रमुख मदन कुमार श्रेष्ठ, कर्मचारी मुकुन्द उप्रेती त्यसैगरी गाउँपालिका उपाध्यक्ष सीता आचार्य, प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भटरार्ई, स्वास्थ्य चौकी प्रमुख केदार खड्का, नेपाल रेडक्रस सोसाइटी कुम्मायक सभापती झरेन्द्र आचार्य लगायतका पधधिकारी विच छलफल भएको थियो । कुम्मायक गाउँपालिकामा २०७४ साल माघ ३ गतेदेखि सहारको सेवाकेन्द्रले काम गर्दै अएको छ ।