श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल कार्तिक ०६ गते बुधबार, २३ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको दशमी तिथि २१ः१४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्लेशा १२ः२३, उप्रान्त मघा । चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः०८ र सूर्यास्त ५ः२७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृ पक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाई्रंको उच्च स्थान रहला । मित्रमिलनको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ  । पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । नयाँ कामको योजना तय हुनेछ । आर्थिक क्षेत्र सफल बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तम खालको छ । घर परिवारमा नयाँ सदस्यको आगमन होला । रमाइलो वातावरणमा दिन बित्ला ।