धरान/ गायक दुर्गेश थापालाई महानगरीय अपराध महाशाखाले काठमाडौंको गोङ्गबुबाट पक्राउ गरेको छ ।

‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव भड्काउने किसिमको गीत प्रस्तुत गरेको भन्दै उजुरी परेपछि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

समाजलाई गलत सन्देश दिने काम कानून विपरीत भएको भन्दै उनलाई नियन्त्रणमा लिएको बताए । गीतमा बियरसँगै गाँजाको प्रसङ्ग पनि जोडिएको छ । यस गीतको सामाजिक सञ्जालहरूमा तीव्र आलोचना हुँदै आइरहेको थियो ।

गायक थापाविरुद्ध कानून व्यवसायी यज्ञमणि न्यौपानेले जिलल प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । नियन्त्रणमा लिएको केही समयपछि गायक थापालाई सहमतिपछि छाडिएको छ । उनले त्यस्ता सामाजिक सद्भाव भड्काउने किसिमको गीत प्रस्तुत नर्गने सर्तमा कागजी सहमति गर्दै छाडिएको प्रहरीले जनाएको छ ।