कालाबञ्जर / बराहक्षेत्र नगरपालिका वडा नम्बर - ५, कालाबंजरमा हिजो राती श्री जगन नाथ डेड राज जनता मावि परिसरको सटरमा आगलागीस् भएको छ । भचाडामा लगाइएको सटरको भोजपुरे होटलबाट लाइनको तार सट भएर आगो शुरु भएको स्थानीयल] बताए । चार वटा पसल पूर्णै रुपमा क्षति भएको स्थानीय श्रद्धा राईले जानकारी दिइन । आगलागीबाट १ करोड भन्दा बढिको क्षति भएको छ ।

राती ९ बजे तीर घरमा आगोको धुवाको गन्ध आए पछि बाहिर हेर्दा भोजपुरे होटलबाट आगो निस्किएको पाइएको राईले बताइन ।

भोजपुरे होटलसँगै रहेको धन बहादुर श्रेष्ठको श्रेष्ठ होटल, गोविन्द विश्वास को किराना होलसेल पसल, प्रतिमा श्रेष्ठको कोल्ड ड्रिक्स पसल, सुबाश बिष्टको होटल र न्यु गंग्गा टेलर्समा आगलागीवाट पूर्ण क्षती पुर्याएको इलाका प्रहरी कार्यालयका एकराज सार्कीले जानकारी दिए ।

दमकल छ, चालक छैनन्
बराहक्षेत्र नगरपालिकामा ३ महिना अगाडी मात्र दमकल खरिद गरेता पनि नगरले अहिलेसम्म चालक राख्न सकेको छैन् । दमकल भए भए अन्य घरमा क्षति नप्ग्ने स्थानीयले बताएका छन् । स्थानीय, प्रहरीलगायतलाई आगो नियन्त्रण गर्न समय लागेको थियो । सवा १ज्ञ बजे मात्र आगो नियन्त्रणमा आएको थियो । इटहरी र धरानबाट दमकल आगो नियन्त्रण भए पछि मात्र पुगेको थियो ।