धरान । कलाकारिताको समरक्षण गर्नै पुर्वञ्चलका चित्रकारहरुले नयाँ शैली अपनाएका छन । धरानका स्वर्गिय चित्रकार स्यमप्रकाश श्रेष्ठको स्मृर्ति युवा कला केन्द्र पुर्वञ्चलको आयोजना तथा प्रज्ञा प्रतिष्ठनाकोे आर्थिक सहयोगमा मगलबार धरानको छाताचोकमा एक दिने कला कार्यालय सम्पन्न भएको छ ।

चित्रकला मार्फत समाजका लागि धेरै योगदान पुराउनु भएका युवा कला केन्द्र पुर्वञ्चलका अध्यक्ष वरिष्ठ चित्रकार स्वर्गिय स्यमप्रकाश श्रेष्ठको रूची पनि चित्रकला प्रतिको भएका कारण स्मृर्तिमा कला कार्याशाला कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्धेश्य रहेको रहेकोे युवा कला केन्द्र पुर्वञ्चलको उपाध्यक्ष प्रभु कुमार दन्तले बताएका छन । उक्त कला कार्यशालमा विराटनगर, उर्लाबारी, धनकुटा, भद्रपुर लगायतका प्रदेश नम्बर एकका ३० जना छनोटमा परेको चर्चित चित्रकारहरुको उपस्थिती रहेको थियो ।

पहिले र अहिलेको तुलनामा चित्रकला प्रति धेरै फरक रहेको छ अहिले धेरै मानिसहरु पनि यस क्षेत्रमा रूची राख्न थाल्लेका छन ।यस्तो कार्यक्रमा सहभागी हुन पाउदा धेरै खुशी लाग्गेको कार्यशाला आएका चित्रकारहरुले बताए । कला कार्यशालामा विभिन्न ठाउँबाट आएका चित्रकारहरुले छुटाछुटै प्रकारका चित्रकलाहरु बनाएर थिए ।

स्मृति दिवसमा बनाएका चित्रकलाहरुले कार्यक्रमा आउने अतिथितिहरुलाई मनोञ्जन दिएका थिए । आफनो कलाको सम्मान तथा समरक्षण गर्ने यस्तोे कार्यक्रमहरु गर्ने आवश्यक रहेको धनकुटाबाट आएका वरिष्ठ चित्रकार दिलीकृष्ण आलेको धारण थियाे ।

चित्रकारहरुलाई प्रोत्साहन ,हौसला दिन सके चित्रकला क्षेत्रमा आफैमा पनि धेरै विकाश हुने चित्रकारहरु बताउँछन । युवाकला केन्द्रलाई धरान उपमहानगरपालिकाले समेत सहयोग गर्ने भएका कारण आउने दिनहरूमा पनि विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको उपाध्यक्ष, दन्तले बताए ।

 कार्यक्रमा उपलब्धीमुलक रहेको र आउने अतिथिहरुले समेत यस कार्यक्रमप्रति राम्राे  प्रतिक्रियाहरु दिएका थिए ।