वृद्धाको हत्या गर्ने अभियुक्त २ वर्षपछि पक्राउ, यस्तो थियो हत्याको कारण

alt
  • कार्तिक ६, २०७६
  • २४१ पटक पढिएको
  • अनिल श्रेष्ठ

विराटनगर /  बञ्चरो प्रहार गरेर रङ्गेली नगरपालिका– ९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशीको हत्या गर्ने सोही ठाउँका १९ वर्षीय भरतलाल राजवंशीलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा खटिएको टोलीले मंगबलार राजवंशीलाई पक्राउ गरेको हो ।
हत्यामा संलग्न भरतलाई पक्राउ गर्न ठूलो मेहनत गरेका रंगेलीका इन्स्पेक्टर दाहाल घटना भएका बेला नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (रिट) मा कार्यरत थिए । तत्कालिन अनुसन्धानबाट हत्या भरतले नै गरेको निष्कर्ष निकालिए पनि भारततिर फरार भएका कारण उनलाई पक्राउ भने गर्न प्रहरीले सकेन । तर अहिले रंगेलीको प्रहरी प्रमुख रहेका उनै इन्स्पेक्टर दाहालले पुरानो फाइल खोतल्दै गम्भीर आरोप लगाएर गरिएको हत्यामा संलग्नलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएका हुन् ।
घटनापछि फरार रहेका भरतलाई गाउँमै फर्किएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरिएको हो । कोइरालाले बञ्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर भरतले दर्वेसामा हत्या गरेको प्रहरीको भनाइ छ ।
यस्तो थियो हत्याको कारण
पहाडचन राजवंशी गाउँ झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै विभिन्न खाले यातना दिएर गाउँ निकाला गरे । उनीमाथि बोक्सोको गम्भीर आरोप लगाइएको थियो । उनलाई गाउँलेहरुले पहाडचनले हेर्ने वित्तिकै मान्छे मरिजान्छ भन्ने अर्को संगीन आरोप पनि लगाएका थिए ।
हेर्ने वित्तिकै मान्छे मरिजाने भएकाले बोक्सो रहेको भन्दै गाउँलेहरुले उनलाई निक्कै ठूलो तनाव दिएर विस्थापित गराए । पछि स्थानीय प्रशासन र संघ संस्थाको सहयोगमा उनलाई पुनस्थापना गरिएको थियो । मलमुत्र खुवाउने र विस्थापित गराउनेमा स्थानीय हरिप्रसाद राजवंशी पनि थिए । उक्त घटनामा प्रहरीले हरिप्रसादसहित नौ जनालाई पक्राउ गरेर बोक्सी आरोपको कसूरमा मुद्दा चलायो । अभियुक्तहरु जिल्ला अदालतले मागेको प्रति व्यक्ति दुई हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
त्यसको पाँच वर्षपछि २०७४ साल जेठमा हरिप्रसादको मृत्यु भयो । अचानक बिरामी परेर अस्पताल ल्याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । परिवारले टुनामुना गरिदिएकै कारण हरिप्रसादको मृत्यु भएको भन्दै पहाडचनलाई दुरव्यवहार पनि गरे । विभिन्न डर र त्रासका कारण अनेक दुरव्यवहार सहेरै भए पनि उनी गाउँमै बसे । बोक्सो बनेर अनेक टुनामुना गरिदिएकाले परिवारको सदस्य गुमाउनु परेको भन्दै दुरव्यवहार भइरहे पनि सहेर कहीं कतै उजुरी पनि दिएनन् ।
तर कहानी यतिमै टुँगिएन । बोक्सोको आरोप लगाएर बर्बर यातना दिएको पाँच वर्षपछि पहाडचनको हत्या नै भयो । हत्यामा संलग्न थिए बोक्सोको आरोप लगाएर गाउँ निकाला गर्ने समूहको नेत्रृत्व लिएका हरिप्रसाद राजवंशीका छोरा भरतलाल ।
घर फर्किदा बाटैमा हत्या
बोक्सीको टुनामुना गरिदिएका कारण आफूले बुवा गुमाउनु परेको भन्दै उनले बन्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर पहाडचनको हत्या नै गरिदिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । पहाडचन गाउँमा धामीझाँक्रीको काम गरेर फर्कदै गर्दा घटना भएको अनुसन्धानबाट खुलेको जानकारी उनले दिए । बन्चरो प्रहारबाट टाउको, छात्ती र शरीरका विभिन्न भागमा चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्यामा संलग्न भरतलाल त्यतिबेला १७ वर्षका थिए । अहिले १९ वर्षका भए । वृद्धको हत्या गरेर फरार बनेका भरतलाई दुई वषपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा यो रहस्य बाहिर आएको हो । एसपी अधिकारीका अनुसार परिवारले हरिप्रसादको मृत्यु पहाडचन बोक्सो रहेको र उसले टुनामुना गरिदिएकै कारण भएको आरोप लगाइरहेको थियो । भरत विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बुधबार जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गर्दै प्रहरीले बाँकी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

कसले जित्छ ? धरानमा ...

जहाँ, जहाँ यो उपचुनाव हँुदै छ त्यहाँ यो प्रश्नले सबैलाई ...

एकमहिनाभित्र एडिबीक ...

धरान/ धरान उपमहानगरपालिकाढारा सञ्चालित धरान खानेपानी आय ...

भूमिगत ब्याण्ड, भूमि ...

भूमिगत शब्द प्रायः राजनीतिमा प्रयोग हुन्छ । नेपालमा भूम ...

प्रियङ्काको ओरालो या ...

अभिनेत्री प्रियङ्का कार्की केही वर्ष अघिसम्म नेपालकी चल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved