धरान / मजदु्र नेता तथा औजार दैनिकका अध्यक्ष मोतिराज सुनुवारको लोक भाका  ’बाटोमा भेट भयो’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

 १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले उक्त भिडियोको  सार्वजनिक गरेका थिए । भेडेटार, राजारानीलषयत स्थानमा छायाङकन गरिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रदेश सांसद सावित्रि जोशी श्रेष्ठ, विना राई, चलचित्र निर्देशक अरुण प्रधान, म्युजिक भिडियाको निर्देशक नगेन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।