धरान / धरान उपमहानगरपालिकामा उपनिर्वाचनको चहल पहल शुरु भएको छ । २०५ सालको निर्वाचन देखि धरानमा वाम उम्मेद्वारले जित्दैं आएको धरानमा नेकपाले जिल्ला सदस्य प्रकाश राईलाई उम्मेद्वार बनाएको छ ।
नेकपाको केन्द्रीय सचिवालय बैठकले आइतबार साँझ मेयरको उम्मेद्वारमा प्रकाश राईलाई बनाउने निर्णय गरे पछि सोमबार नै निर्वाचन परिचालन कमिटी तथा उम्मेद्वार घोषणा कार्यक्रम भएको छ । धरान–७ स्थित चुम्लुङ सभाहलमा नेकपाको केन्द्रीय सदस्य तथा सुनसरी पार्टी इञ्चार्ज धर्मराज निरौलाले जिल्ला सचिव रमेश बस्नेतको संयोजकत्वमा २ हजार १ सय सदस्यीय मुल निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो । यसै गरि विभिन्न उपसमितिहरु समेत बनाइएको छ । प्रचार तथा प्रकाशन उपसमितिमा जिल्ला सदस्य भीमज्वाला राईलाई संयोजक तोकिएको छ । अर्थ व्यवस्थापनमा जिल्ला सदस्य मीनकुमार सुब्बालाई संयोजक तोकिएको छ ।

prakash6
निर्वाचन परिचालन कमिटीको सचिवालयले मंगलबारदेखि प्रत्येक वडामा उम्मेद्वारसहितको घरदैलो अभियान संचालन गर्न तालिका समेत सार्वजनिक गरेको छ । निर्वाचन भरी प्रत्येक वडामा इञ्चार्ज तोकेर घरदैलो अभियान संचालन गर्न निर्देशनसमेत जारी गरिएको छ ।
कार्यक्रममा विभिन्न पार्टीबाट दुई दर्जन बढि युवाहरु नेकपामा प्रवेशसमेत गरेका थिए । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्यहरुले स्वागत गरेका थिए ।

धरान– ७ नं. वडा अध्यक्षको समेत निर्वाचन हुदैं छ । वडा अध्यक्षको भने टुङ्गो लगाइएको छैन् । नेकपामा ५ जना वडाअध्यक्षमा आकाक्षि रहेको बताइएको छ । सुनसरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्षदेखि वडा सदस्यहरु नै आकाक्षी रहेको बताइएको छ । वडा अध्यक्षको उम्मेद्वारको टुङ्गो भने नगर कमिटीले लगाउने छ ।

vid

74175409_442099266735600_700079664953032704_n

74930985_463181241222863_6008773609198190592_n