सिरहा / प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ जना अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षण सेवाबाट मुक्त गरिए पछि आन्दोलनमा रहेका अस्थायी शिक्षकहरुले आफ्ना मागको सुनुवाइका लागि मंगलबार मुख्यमन्त्री कार्यालयमा नै तालाबन्दी गर्ने योजना बनाएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कुनै पनि कर्मचारीलाई भित्र प्रवेश गर्न नदिने गरी तालाबन्दी गर्न गएका उनीहरुलाई प्रहरीले कार्यालय परिसारबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित छन् । पक्राउ परिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।