राजमार्गको जग्गा देखाएर खोला धितो राखी ठगी गर्ने ७ पक्राउ

alt
  • कार्तिक २१, २०७६
  • ९९३ पटक पढिएको
  • प्रेम आचार्य

बिर्तामोड । नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा झापा प्रहरीद्धारा पक्राउ परेका ६ सहति ७ जनालाई ठगी तथा सरकारी छाप दुरुपयोग गरेको आरोपमा मुद्दा चलाएको छ ।
पक्राउ परेका छ जनाले राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोप उनीहरुलाई प्रहरीले लगाएको हो । पक्राउ पर्नेले काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीका लागि बैंक अफ काठमाण्डौंबाट चार करोड ६० लाख रुपैयाँ कर्जा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा सुनसरी जिल्लाको इटहरीमा रहेको एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङको बेलबारी–३ का इञ्जिनीयर कर्ण चाम्लिङ, मकवानपुरको हेटौँडा–४ घर भई काठमाडाैं–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौँ–३ महराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाण्डौँ नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाइघाट घर बताउने हाल काठमाण्डौँ–७ चाबहिलमा बस्दै आएका कृष्ण कार्की रहेका छन् ।
‘बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो’, प्रहरी प्रवक्ता श्रेष्ठले भने, ‘राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको पाइयो ।’ उनीहरुले झापा कनकाई नगरपालिका–९ को कित्ता नं ३५९६ को ०–२–१० बिघा र कित्ता नं ३२७१ को ०–२–० बिघा जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको पाइएको उनले बताए । उनीहरुविरुद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी बिर्तामोड नगरपालिका –५ का रिता कार्की र बिनिता लामाको उजुरीका आधारमा दमकका सुवास दाहाललाई ठगी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेको बिषेश पह्ररी टोलीले दमक ४ बस्ने दाहाललाई पक्राउ गरेको जनाएको छ । दाहालमाथी म्याद थप गरी अनुसंधान भइरहेको प्रहरीको भनाई छ ।

पाइपलाइनमा रहेका योज ...

धरान / निर्वाचन आयोगले रिक्त भएको स्थानमा मंसिर १४ ...

कांग्रेसले वडा वडामा ...

धरान  / धरानको मेयरमा नेपाली कांग्रेसक ातिलक ...

नोवेल मेडिकल कलेजसहि ...

काठमाडौं / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पह ...

धरान १७ का जनताको ...

धरान / धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved