सरकारी मोटरसाइकलमा लागूऔषध तस्करी, वन अधिकृतका छोरा पक्राउ

alt
  • कार्तिक २१, २०७६
  • १,५१७ पटक पढिएको
  • अनिल श्रेष्ठ

विराटनगर / सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं. ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालिका– २ राजदेब टोलका २६ वर्षीय कपिल यादबलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवले स १ ब १४१० नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाईकल प्रयोग गरी लागूऔषध ल्याउदैं गर्दा चेकजाँचको क्रममा लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको विशेष टोलीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । यादवले लागूऔषध ल्याउन प्रयोग गरिएको मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको रहेको बुझिएको छ । यादवका बावु सत्यनारायण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् ।

बाबुले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको ‘हिरो’ कम्पनीको मोटसाइकल लिएर आइतबार कपिल जोगवनी आएका थिए । लागूऔषध लिएर गन्तब्यतर्फ फर्कने क्रममा प्रहरीले चेकजाँचको क्रममा यादबलाई पक्राउ गरिएको हो । ‘शंका लागी रोकी चेकजाच गर्ने क्रममा सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा लागूऔषध भेटिएको हो,’

 खिउँजुले भने, ‘कम्मर पेटीको लाइनमा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध यादवको साथबाट प्रहरीले बरामद गरेको हो ।’ प्रहरीले उनको साथबाट डाईजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागूऔषध लुकाई छिपाई ल्याएको अबस्थामा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

 

नेकपा तथा विभिन्न पा ...

धरान । नेपाली कांग्रेसको घरदैलो कार्यक्रम अन्तरगत धरान ...

इटहररीका नागरिक समाज ...

इटहरी । भारतले लिपुलेक, कालापानीलगायतको भूमी कब्जा गरेक ...

भारतीय विस्तारवाद व ...

भण्टाबारी/ भारतले नेपाली भू–भाग मिचेको भन्दै सुनस ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved