धरान / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

कास्की २ मा प्रतिनिधिसभाका लागि नेकपाकी उम्मेदवार विद्या भट्टराई र नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
भट्टराईका लागि कृष्णबहादुर थापा प्रस्तावक र प्रभा कोइराला समर्थक भएर उम्मेदवारी दर्ता गराकी छिन्। पौडेलले शोभियतबहादुर अधिकारी प्रस्तावक र देवराज चालिसे समर्थक रहेर दर्ता गराएका छन् ।