दमक/ विद्यालयमा पढाइ हुने विभिन्न पाठ्यपुस्तक समय अनुकूल फेरिए । त्यहाँ राखिने पाठहरूमा फेरबदल भयो । समयको माग र विद्यार्थीको चाहना अनि आवश्यकतालाई मध्यनजर गर्दै पाठ्यपुस्तकहरू बदल्ने गरिन्छ । तर ती पाठ्यपुस्तक पढाउने शिक्षकहरूको शैलीमा भने परिवर्तन भएन । पाठ नयाँ तर पढाउने तरिका पुरानै । यही समस्यालाई मध्यनजर गर्दै झापाको दमक नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरूको सिकाउने पद्धतिलाई सिर्जनात्मक बनाउनका लागि शिक्षामा नवसिर्जना नामक मेला नै आयोजना गर्नुप¥यो । मेलामा सहभागी शिक्षकहरूले अब आफ्नो कक्षाकोठालाई सिर्जनात्मक बनाउने प्रतिबद्धता गरेका छन् ।

दमक–१० स्थित सिंहदेवी माविका शिक्षक भीम तिम्सिना दमकमा आयोजना भएको शिक्षामा नवसिर्जना मेलामा सहभागी बने । कात्तिक २० गतेदेखि २३ गते अर्थात् ४ दिनसम्म उनले यो मेलामा सहभागी भएर आफूले पढाउँदै आएको पाठ्यसामग्रीलाई कसरी सिर्जनात्मक बनाउने भन्नेबारे सिकेको बताए । उनले अब तालिममा सिकेको सीपलाई आफ्नो कक्षाकोठामा प्रयोग गरी कार्यान्वयनसमेत गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यो मेरो मात्र प्रतिबद्धता होइन, समग्र विद्यालयको प्रतिबद्धता हो । हामी सबै शिक्षकहरूले अब पढाउने शैलीलाई सिर्जनात्मक बनाउनेछौं’ –तिम्सिनाले भने ।

सरस्वती माध्यमिक विद्यालयका शिक्षक तथा पूर्व प्रधानाध्यापक सीताराम ढकाल भन्छन्, ‘हामीले देखेको र जानेकै कुरा तालिममा सिक्यौं । तर हामीले यसको प्रयोग नगरेका कारण भने केही नौलो लाग्यो । यद्यपि आफूले जानेका र सिकेका कुरा जबसम्म हामी आफ्नो कक्षाकोठामा पु¥याउन सक्दैनौं, तबसम्म यस्ता कार्यक्रम खासै सार्थक बन्दैनन् ।’ ‘सिकेका कुरा कक्षाकोठासम्म पु¥याऔं र आफ्नो क्षमतामा परिवर्तन गरौं ।

विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिर राखेर पढाउनू भन्दा हामी कक्षाभित्रै पढाउनु पर्छ भन्दै शिक्षक र विद्यार्थीलाई दबाव दिने गथ्र्यौं तर त्यो गलत रहेछ’ उनले भने, ‘धन्न हाम्रो दबावमा विद्यार्थीहरू थेगिएका रहेछन् । विद्यार्थीले कसरी सिक्न चाहिरहेको छ भन्ने कुरा हामीले कहिल्यै ख्याल गरेनौं ।’ ढकाल भन्छन्, ‘विद्याथीलाई हाम्रो चाहनाअनुसार मात्र पढायौं, उनीहरूको चाहना र उत्सुकताका बारेमा हामीले न उनीहरूलाई सोध्यौं, न आफैले महसुस ग¥यौं ।’ अब चाहिँ आफूले पढाउने बेलामा यस्ता कुराहरूलाई ध्यान दिने र कक्षाकोठालाई सिर्जनात्मक बनाउने उनले बताएका छन् ।

मेलामा विभिन्न ६ समूहमा विभाजन गरी सिकाइ पद्धतिलाई सिर्जनात्मक बनाउने तरिकाका बारेमा छलफल भएको थियो । दमक–८ को जनता आधारभूत विद्यालयकी शिक्षिका सीता भट्टराईले पाठ्य सामग्रीलाई कसरी कथा बनाएर विद्यार्थीहरूलाई बुझाउने भन्नेबारेमा सिकेको बताइन् । उनले आफ्नो कक्षाकोठामा पढाउने हरेक पाठलाई कथा बनाएर विद्यार्थीहरूलाई बुझाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘अहिलेसम्म पाठ्यपुस्तकमा जे छ त्यसैलाई केीिह व्याख्या गरेर विद्यार्थीलाई बुझाएको झैं गर्ने गरेका रहेछौं । तर त्यही पाठलाई कथामा ढाल्न हामीले जानेका रहेनछौं । अब जानियो र अब हरेक पाठलाई कथ्यशैलीमा विद्यार्थीलाई बुझाएर बढाउनेछु’ –शिक्षिकका भट्टराईले भनिन् ।

नवसिर्जना मेलामा दमकका २२ वटा सामुदायिक विद्यालय, केही निजी र भुटानी शरणार्थीको विद्यालयसमेत गरी ३ सय ५ जना शिक्षकहरू सहभागी भएका थिए । मेलामा नेपालका विषयगत उत्कृष्ट तालिमकर्तामार्फत् सहजीकरण गरिएको थियो । कार्यक्रम करिब १० लाख रुपैयाँलागतका सम्पन्न भएको भए पनि यसको प्रतिफल चाहिँ दमकमा रहेका सामुदायिक विद्यालयमा आएको सुधार नै हो ।