भण्टावारी /  ग्रामिण भेगका माहिलाहरुलाई प्रसुती गराउन स्वास्थ्य चौकीसम्म पु¥याउन कोशी गाउँपालीका–७ स्थित हरिपुरमा अर्को प्रसुती गृह संचालनमा आएको छ । नेपाल सरकार तथा बेलायती सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत हरिपुरमा निर्माण भएको प्रसुती गृहको एक कार्यक्रमका बीच कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले गरेका हुन । गाउँमै सर्वसाधारणलाई सेवा दिने उद्देश्यले सिडिपी आरआरएनको २६ लाख २० हजार, वडा तथा गाउँपालीकाको ३ लाख ९२ हजार र स्थानीयबासीले गरेको ३० हजार श्रमदान गरी कुल ३० लाख १५ हजार १३५ रुपैयाँ लागतमा प्रसुती गृहको तीनकोठे भवन निर्माण भएको वार्ड ७ का अध्यक्ष रामचन्द्र महतो कोईरीले बताए ।
बिहीबार हरिपुरमा आयोजित प्रसुती गृह उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले गाउँमै तालिम प्राप्त र अनुभवी स्वास्थ्यकर्मीले सेवा दिदा भारतीय अस्पताल र इनरुवा, बिराटनगर धाउनुपर्ने बाध्यता हट्ने बताए । गरिब,निमुखा तथा पिछडिएका क्षेत्रमा प्रसुती गृह निर्माण गरिनु सकारात्मक पक्ष भएपनि त्यसको व्यवस्थापनमा ध्यान दिन उनीहरूले कोशी क्षेत्रका जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराएका थिए । बाढी पीडित क्षेत्र समेत भएकोले सबै क्षेत्रमा बाटोको सुविधा नहुँदा समयमै गर्भवती महिलालाई लौकहीको प्रसुती गृह वा अस्पताल पुर्याउन नसक्दा कतिपयले अकालमा ज्यान गुमाएको विगत सम्झिदै आफूले चुनावको बेला गरेको प्रतिबद्धता पुरा गरेको गाउँपालीका अध्यक्ष अन्सारीले बताए ।
आफूले गरेको प्रतिबद्धता बमोजिम कोशी गाउँपालीकाको सबै वार्डमा स्वास्थ्य चौकी स्थापना गरिसकिएको उनले बताए । अब सबैमा वार्डमा प्रसुती गृह निर्माण गर्ने आफ्नो योजना रहेको अध्यक्ष अन्सारीले बताए ।