धरान । पुर्वञ्चालबासी मगर समुदायको लोकप्रिय र मौलिक हुर्रा नुत्यलाई समरक्षण गर्न नेपाल मगर सघले नगर समिति धरानले हुर्रा नुत्यको आयोजना गरेको छ । नुत्यहरु प्रस्तुत गर्ने मोरङ्ग धनकुटा र सुनसरी ,लगायत विभिन्न ठाउँबाट मगर जातिहरु धरानमा आएका थिए ।

लोप हुदै गएका जातिय सस्कृति जोगाउन धरानमा हुर्रा नाच प्रर्दशन गरिएको छ । धरानको स्ैनिक भवनमा प्रर्दशन गरेको हुर्रा नाच हेर्न अन्य जातिय सघसस्थाहरुको पनि उपस्थिती रहेको थियो ।
जातिय साँस्कृतिलाई समरक्षण गर्नका साथै नयाँ पुस्तालाई समेत मगर जातिय साँस्कृतिको बिषयमा जानकारी गराउने उद्धेश्यले प्रत्येक वर्ष हुरा नाचको आयोजना गदै आईरहेको नेपाल मगर सघ नगर समितिका अध्यक्ष चित्र थापामगरले बताए ।

अहिले हुर्रा नाचप्रति मगर युवयुवतीहरुको पनि आकर्षण बढन थाल्लेको छ । भने पुर्वञ्चलका मगर जातिहरु समेत आफनो जातिय पहिचानको लागि एक जुट हुन थाल्लेका छन ।