धरान / अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नवराज राई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकिय सचिवमा नियुक्त भएका छन् ।
राईलाई मुख्यमन्त्री शेरधन राईले बिहीबार प्रमुख स्वकिय सचिवमा नियक्त गरेका हुन् ।
यस अघि आन्तरिक माििमला मन्त्रालयले संचालन गरेको म अघि बढ्छु कार्यक्रमको संयोजकको भूमिका निर्वाह गदैं आएका थिए । तत्कालिन नेकपा एमालेका धरान नगर सदस्यको जिम्मेवारी सम्हालेका राई यस अघि प्राध्यापन गदैं आएका थिए ।
मुख्यमन्त्रीको स्वकिय सचिवमा विद्यार्थी नेता मकर खड्का काम गदैं आएका थिए । उनीसचिवालयमा रहदा खड्काको कार्यकर्ताहरु निकै आलोचना हुदैंआएको थियो । उनको राजीनाम पछि प्रमुखमा राई र स्वकिीय सचिवमा रेवतीरमण थापालाई नियुक्ती गरिएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।