इटहरी/ व्यापारिक मार्गको रूपमा निर्माण भइरहेको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण इटहरीको धरानलाइनको विवाद सुल्झेको छ ।

इटहरी उपमहानगरपालिका र केही ठूला व्यापारीको असहयोगका कारण व्यापारिक मार्ग विस्तार कार्य लामो समय देखि रोकिएको थियो । तर, सोमबारदेखि ६ लेन सडक आयोजनाले सडक विस्तारको काम शुरु गरेको हो । इटहरीको मुख्यचोक क्षेत्रका सडक सीमाभित्रका भवन खाली गर्न अटेर गर्दै व्यापारी र उपमहानगरपालिकाले सडक आयोजनालाई निर्माणकार्य रोक्न पत्र पठाएपछि निर्माणकार्य रोकिएको थियो ।

केहि दिन अघि मात्र इटहरीको व्यवसायीलाई बोलाएर ६ लेन सडक आयोजनाले छलफल गराए सँगै बाटो निर्माणको काम शुरु गरेको हो । इटहरीको धरानलाइनमा लामो समयदेखि रोकिएको व्यापारिक मार्ग विस्तार आयोजनाको काम शुरु भएको छ । व्यापारी र घरवालाहरूको अवरोधका कारण लामो समयदेखि रोकिएको काम अन्ततः पुनः सुचारु भएको ६ लेन सडक आयोजनाले जनाएको छ । ६ लेन सडक आयोजानका इन्जिनियर गौतमकुमार देवले इटहरी चौक देखि आर्मी क्याम्प अगाडिसम्मको २४ सय ५० मिटर सडक बन्ने विस्तारको काम शुरु भएको हो ।

स्वच्छन्द, कान्छाराम शैलुन जेविको ठेक्का २४ सय ५० मिटर सडक शुरु भएको हो । आर्मी क्याम अगाडिदेखि तरहरा सम्मको बाटो साडे ८२ फुट कायम गरे पनि इटहरी चौकको मुख्यबजार भएको भन्दै ६५ फुट नौ इन्च बाटो कायम गरेको ६ लेन सडक विस्तार आयोजनाका इन्जिनियर देवले बताए । हालको सडकको सेन्टरबाट २० पोइन्ट ०५ मा नाला बस्नेछ देवले भने । ठेक्का केही समय अगाडि नै लागे पनि विवादको कारण काम रोकिएको थियो ।

इटहरी उपमहानगरपालिकाभित्रको मुख्यचोक क्षेत्रमा सडक केन्द्रको दुवैतर्फ २५÷२५ मिटर कायम गर्दै सडक विस्तार गर्नुपर्ने भए नालासहित मिटरमात्र कायम गर्न माग गरेको ६ लेन सडक आयोजनाले जनाएको छ । इटहरी २ आँपगाछीका बिजुली पसलका सञ्चालक टङ्क दाहालले इटहरी चौक र आसपासको क्षेत्रमा गरेको सडक निर्माण लाजमर्दो भएको बताए । इटहरी चौकमा ६५ फिट अनि तरहरातिर किन साडे ८२ कायम गरियो ? उनले प्रश्न गरे ।

आयोजनाले इटहरी उत्तरतर्फको आँपगाछिदेखि तरहराको जङ्गल क्षेत्रसम्म ८२ फिट नै कायम गरी निर्माण गरेको थियो । अहिले भने इटहरी चोकतर्फ निर्माण शुरु गर्न सडकको दायाँ बायाँ नालासहित २०÷२० मिटरभित्र पर्ने क्षेत्र खाली गर्न लगाएको हो । इटहरीको मुख्यचोकमा गोरखा डिपार्टमेन्टल स्टोरलगायतका ठूला व्यापारिक भवन रहेका छन् ।

विराटनगरदेखि इटहरी हुँदै धरानसम्म तीनखालको सडक सीमा व्यवस्था गरिएको छ । राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ ले सडकको केन्द्रबाट २५÷२५ गज कायम गरेको थियो । तर, बस्ती विस्तारको क्रममा स्थानीयले सडकको जग्गा मिचेर घर निर्माण गरेका थिए । त्यस्तै २०३४ सालतिर राजपत्रमा सूचना गरी रानी–धरान सडक केन्द्रबाट दायाँ र बाँया २५÷२५ मिटर कायम गरिएको थियो ।

तर, विराटनगर र सुनसरीको दुहवीनगरपालिकामा भने सडक सीमा कम गरिएको छ । क्याबिनेट बैठकबाट विराटनगरको बजार क्षेत्रमा दायाँ बायाँ १५÷१५ मिटर र दुहवीमा १७÷१७ मिटर कायम गरिएको थियो । अहिले सडक आयोजनाले विराटनगरमा १५ मिटरमा नै सडक निर्माणको काम गरेको छ ।

दक्षिणतर्फ भारत र उत्तरतर्फ चीनसँगको सीमासम्म जोड्ने यो सडक आयोजनालाई देशकै आर्थिक समृद्धिको मार्गको रूपमा लिने गरिएको छ । २०७० सालबाट विराटनगरदेखि इटहरी हुँदै धरानसम्म २ लेनको सडकलाई ४९ किमि ६ लेनको रूपमा विकास गर्न थालिएको थियो । ५ वर्षभित्र सम्पन्न गर्ने गरी थालिएको यो परियोजनाको काम निकै सुस्त गतिमा विस्तार हुँदै आएको छ ।

विराटनगर लाइनमा रोकियो काम
इटहरीकै विराटनगर लाइनको काम भने पुनः रोकिएको छ । स्थानीयले सर्वोच्च अदालतबाट स्टे अडर लिए सँगै तत्कालको लागि काम रोकिएको ६ लेन सडक आयोजनाका अर्का इन्जिनियर रमेशकुमार गोईतले जनाए ।

हामीले बाटो विस्तारको कामलाई प्रथामिकता दिइरहेका थियौं, तत्काल अदालतको निर्णयले काम अगाडि बढ्न सकेन गोईतले भने । धेरै लामो समयदेखिको विवाद मिलेको थियो । फेरि केहिले अदालतमा उजुरी हालेपछि काम रोकिएको उनको भनाइ थियो । अब मुअब्जाको विषयमा कुरा मिलेपछि मात्र बाटो विस्तारको काम सुचारु हुने उनको भनाइ थियो ।

itahari1