सिरहा / सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित उत्तरवाहिनी नदि प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिन तराई मधेशको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक नदी मानिएको कमला नदी भूत मेला सुरु भएको छ । सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा एका बिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भुत बैताल, देवि देवताहरुको पूजा गर्दा त्यसबाट छुटकारा पाउने भगवानपट्टीका धामीले बताए । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् ।
आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देविदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री वोक्साबोक्सी कमला नदीमा स्नानका लागि आएका हुन् ।
तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ ।
देविदेवताको वास स्थायी होस् भनेर आ–आफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन । पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए ।
पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । प्रसादहरु रुपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरु प्रशन्न हुँदै फर्किन्छन् । कात्तिक पूणिर्माका दिन महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा,रौतहट, उदयपुर, सुनसरी,मोरङ र भारतको दर्जनौ गाउँबाट लावालस्करका साथ काम्दै उफ्रदै घण्टौघण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भन्ने साह्रै रमाएका थिए ।
साथै मेलामा कुनै किसिमका अपराधिक कृयाकलाप हुन नदिन व्यापक मात्रामा नेपाल प्रहरी ७० जना र सशस्त्र प्रहरी १० जना परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेब खनालले बताए ।

sirah1 siraha3