धरान । राजनितिक आडमा सहकारीको रकम हिनामिना गरेको आरोपमा सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माको अप्रत्यक्ष संलग्नता भएको भन्दैं कारवाहीको माग गरेका छन् ।
सल्लेरी सहकारीका अध्यक्ष तथा शिखर सगरमाथा सुन पसलका सञ्चालक कृष्णबहादुर विश्वकर्मासँगको मिलेमतोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता तथा पूर्व वाणिज्य मन्त्री विश्वकर्माले जनताको पैसा कृष्ण मार्फत हडपेको आरोप लगाएका छन् । मंगलबार सबै बचतकर्ताहरु भेला भएर मीन विश्वकर्मा विरुद्ध नारावाजी समेत गरेका छन् ।
सल्लेरी बचत तथा ऋण सहकारी संस्था पिडित संघर्ष समितीले बचत फिर्ता अभियान अन्र्तगत पूर्ववाणिज्य मन्त्री विश्वकर्मासहित कृष्ण विश्वकर्माको परिवारलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले जनताको प्रतिनीधि भएर जनताको श्रम पसिनाको मुल्य दिलाउन सहयोग गर्नको सट्टा उल्टै कृष्णबाट सम्पति आफ्नो आफन्तको नाममा नामसारी गरेको उनीहरुले बताए । कृष्ण सहकारीको करिव ८ करोड २३ लाख डुवाएर भागेका बेला मीन विश्वकर्माले कृष्णको नाममा रहेको धरान–१५ को घर उनै सालीको नाममा नामसारी गरेका थिए । कृष्ण हाल पूर्पक्षका लागि थुनामा छन् । यता बचतकर्ता भने दुःखले आर्जेर सहकारीमा जम्मा गरेको पैसा डुवे पछि अप्ठ्यारोमा परेको सल्लेरी बचत तथा ऋण सहकारी संस्था संघर्ष समितिका अध्यक्ष तुलसीप्रसाद विश्वकर्माले बताए ।
कृष्णले मीन विश्वकर्माकै आडमा ३ हजार बचतकर्ताको ८ करोड २३ लाख रुपैया हिनामिना गरको उनीहरुको भनाई छ । बचतकर्ताहरुले पूर्व वाणिज्यमन्त्री विश्वकर्मासहित लिम्बुवानका नेता तथा उपनिर्वाचनमा धरान प्रमुखका उम्मेदवार अमर ईजम, दलित नेता खगेन्द्र नेपालीसमेतलाई कारवाही गर्न माग गर्दै विरोध र्याली प्रदर्शन गरेका छन् । इजम र नेपालीले समेत जनताको रकम कृष्णबाट हडपेर पीडितलाई झन पीडित बनाएको संघष समितिका अध्यक्ष विश्वकर्माले बताए । ५ लाख देखि ९० लाख रुपैया सम्म बचत गर्नेको रकम हिनामिना भएको छ । संचालक विश्वकर्माले २ करोड ७ लाख रुपैया सहकारीको खातामा इन्ट्री गरेर बाकी ७ करोड १६ लाख रुपैया अवैधानिक रुपमा आफ्नै शिखर सगरमाथा सुनचाँदी ईण्डष्ट्रिज प्रालिमा लगानी गरेको पाइएको थियो ।
संघर्ष समितिले जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष ठगी गर्नेहरुलाई कारवाही नगरेसम्म र डुवेको पैसा पीडितले नपाएसम्म बुधबारदेखि इलाका प्रहरी कार्यालय धरानमा धर्ना दिने कार्यक्रम तयारी गरेको संघर्ष समितिका सदस्य दिपक राईले जानकारी दिए ।(आरााेपीत व्ययक्तिसँग सम्पर्क गर्न नसकिएकाले आराेेेेेेेेपीकाे भनाई याे लिकमा राखिएकाे छ । सम्पादक)