श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल कार्तिक २७ गते बुधबार, १३ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको प्रतिपदा तिथि १९ः४४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र कृतिका २२ः५९, उप्रान्त रोहिणी । चन्द्रमाराशि वृष, सूर्योदय ६ः२४ र सूर्यास्त ५ः११ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सफलता मिल्ला । सानो कामबाट ठूलै उपलब्धि हासिल हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा–मामिलामा तपाईको विजय होला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन, चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको प्रभाव बढ्नेछ । राजनैतिक निकायमा तपाईको उच्चस्थान रहला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अचल सम्पत्ति हातपर्ने योग छ । आमदानी बढाउने कामको शुभारम्भ होला । मातृपक्षको सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । वैदेशिक यात्राको अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलोमा दिन बित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । आमदानीका नया“ स्रोतहरू फेला पर्नेछन् । शुभसमाचार सुन्न पाइएला ।