देउराली । आगामी मंसिर १४ गते हुन गइरहेकाे उपनिर्वाचनका लागि धरानमा मेयर र वडाध्यक्ष पदका लागि आज उम्मेदवारी मनोनयन दर्ता भएकाे छ ।

धरान-१५ पुस्पलाल मार्गस्थित रेयूकाइ भवनमा रहेकाे निर्वाचन आयोगको कार्यालयमा उमेदवारहरूकाे मनाेनय दर्ता भएकाे हाे । १० देखी ११ बजेकाे समयमा स्वतन्त्र दलहरूका उम्मेद्वाररहरूले मनेनयन दर्ता गरेका छन् भने ११ बजे देखी १२ बजेकाे समय नेपाली कांग्रेसले मनेनयन दर्ता गरेकाे छ । त्यस्तै  १२:३० देखि नेकपा मनाेनयन दर्ता गरेकाे छ । 

उपनिर्वाचनमा धरानमा मेयर पदका लागि १५ जनाले दर्ता गर्ने तयारीमा रहेका छन् जसमा राष्टिय जनमुक्त्ती पार्टीका गाेकर्ण राइ, संघीय लिम्बूवान मञ्च नेपालका अमर इजम, राप्रपाबाट राेशन विक, राप्रपा संयूक्तबाट कुमार बराइली, राप्रपा लाेकतान्त्रिकबाट भीमबहादुर लिम्बू, साझा पार्टीबाट राजनकुमार श्रेष्ठ, नेपाली कांग्रेसबाट तिलक राइ, नेकपाबाट प्रकास राइ, नेकपा मालेबाट एकराज सुब्बा, समाजवादी पार्टीबाट गजेन्द्र इस्वाे रहेका छन् भने स्वतन्त्र उमेदवारमा अमृतकुमार राइ, जनार्दन काेइराला, विशाल थापा, मनराज राइ र हर्क साम्पाङ रहेकाे छन् । मनाेनयन दर्ता सकिएपछि आयोगले उम्मेदवार सूची प्रकाशन गर्ने निमित्त निर्वाचन अधिकृत अजय मिश्रले बताए ।

स्वतन्त्र उम्मेदवारलाइ भने मंसिर १ गते चुनाव चिन्ह प्रदान गरिने भएकाे छ । 

77416707_812573325850724_5313412086078898176_n (1)

5 a 3 2 4 c b d darta 1 e f g h