देउराली । आगामी मंसीर १४ मा हुन गइरहेको उपनिर्वाचनकालागी धरानमा रक्ति रहेको मेयर पदकालागी २३ जना र ७ नम्बर वडाको वडाध्यक्षका लागी ४ जनाको मनोनय दर्ता भएको छ ।

धरान १५ पुस्पलालमार्ग स्थित रेयुकाई भवनमा रहेको मुख्य नर्विाचन अधिकृतको कार्यालयमा आज (बुधबार) भएको मनोनय दर्तामा मेयरपदका लागि १२ राजनितिक दलका उम्मेदवार, ११ स्वतन्त्र उम्मेदवारगरी २३ जनाले मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता गराउनेहरुमा राजनितीक दलहरुमा नेकपाको तर्फबाट स्वर्गीय मेयर तारा सुब्बाकी श्रीमती इन्दु राई (सुब्बा)को प्रस्तावमा कार्यवाहक मञ्जु भण्डारीको सर्मथनमा नेकपा लिल्ला सदस्य प्रकास राईले मनेनयन दर्ता गराएका छन् । नेपाली काग्रेसको तर्फबाट चन्द्रप्रसाद श्रेष्ठ प्रस्तावक र हरीनारायण बाँस्तोलाको समर्थनमा धरान उपमहानगर सभापति तिलक राईले आफ्नो मनोनयन दर्ता गराएका हुन् । त्यस्तै,संघीय लोकतान्त्रिक राष्टिय मञ्चको तर्फबाट अम्बरबहादुर लिम्बु, नेकपा पार्टी (माले)बाट एकराज सुब्बा, समाजवादी पार्टीको तर्फबाट गजेन्द्र बहादुर लिम्बु,  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट कुमार बराईली, राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट गोकर्ण राई,  आमूल परिर्वतन मसिहा पार्टी नेपालका तर्फबाट छत्र बहादुर विश्वकर्म, नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट नित्यराज काफ्ले,  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन विश्वकर्मा,  साझा पार्टीबाट राजन कुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)को तर्फबाट भिम बहादुर लिम्बु रहेका छन् ।

त्यस्तै, स्बतन्त्र उमेदवारीमा तर्फबाट अमृत कुमार राई, ऐलिशा राई, कुमार भटराई, जनार्दन कोइराला, दावा सोर्पा, दिनेश श्रेष्ठ, बिशाल थापा, मदन राज राई, रुद्र बस्नेत,श्याम कृष्ण पहाडी भुजेल र हर्क राज राईले मनोनयन दर्ता गराएका हुन् । 

धरानकाे वडा नं ७काे वडाअध्यक्ष पदका लागी भने ४ जनाले उम्मेदवारी मनोनयन दर्ता  भएकाे छ । जसमा नेकपाकाे तपफर्बाट जीवनराज सुवेदी, नेपाली कांग्रेसकाे तर्फबाट सुवर्णमोहन पलिखे, राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट दिनेश शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाे तर्फबाट निता राई रहेका छन् ।

mayer2 mayer1 wada